१६ चैत्र २०८०, शुक्रबार
बि प्लस नेपाल

बेलौरीमा उखु कृषकहरुलाई कृषि यन्त्र तथा उपकरण वितरण

खबर सम्बाददाता २९ चैत्र २०७७, आईतवार
बेलौरीमा उखु कृषकहरुलाई कृषि यन्त्र तथा उपकरण वितरण

कञ्चनपुरको बेलौरीमा उखु कृषकहरुलाई कृषि यन्त्र उपकरण वितरण गरिएको छ । कृषकहरुलाई यान्त्रीकरणमा सहयोग पुर्याउने उद्देश्यले मुख्यमन्त्री नमुना कृषि गाउँ (उखु) कृषक समन्वय समिति बेलौरीले सम्बद्ध उखु कृषकहरुलाई अनुदानमा कृषि यन्त्र तथा उपकरण वितरण गरेको हो । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम र कृषि ज्ञान केन्द्र कञ्चनपुरको आर्थिक सहयोगबाट सञ्चालित मुख्यमन्त्री नमुना कृषि गाउँ (उखु) कृषक समन्वय समिति बेलौरीले शनिबार कृषि उपकरण तथा कृषि यन्त्र हस्तान्तरण एवं सार्वजनिकीकरण कार्यक्रम आयोजना गरी उखु कृषकहरुलाई कृषि यन्त्र तथा उपकरण वितरण गरेको समितिका अध्यक्ष मनराज उपाध्यायले बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले समिति मार्फत वितरण गरिएका ती कृषि यन्त्र तथा उपकरणहरुको प्रयोगबाट व्यावसायिक उखु खेती गर्ने कृषकहरु लाभान्वित हुने अपेक्षा गर्नुभयो । नगर प्रमुख चौधरीले कृषि क्षेत्रमा बेलौरी नगरपालिकाको ठूलो बजेट विनियोजन गरिएकोले कृषकहरुलाई लाभ दिने गरी नगरपालिकाले कार्ययोजना बनाएको उल्लेख गर्नुभयो । बेलौरी नगरपालिकाका उपप्रमुख चित्र कुमारी चौधरीले प्राप्त अनुदानबाट कृषकहरुको जीविकोपार्जनमा थप टेवा पुग्ने हुँदा कृषकहरुलाई कत्ति पनि विचलित नहुन अनुरोध गर्नुभयो । अनुदानका लागि कृषि गर्ने परम्परालाई तोडी व्यावसायिक कृषिका लागि अनुदानको व्यवस्था गरिएको उहाँको भनाइ छ ।

कृषकहरुको लागत मुल्य घटाएर उत्पादन र उत्पादकत्वमा वृद्धि गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले समितिमा आवद्ध व्यावसायिक उखु कृषकहरुलाई अनुदानमा यन्त्र तथा उपकरण वितरण गरिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिल बहादुर बिष्टले बताउनु भयो । परम्परागत ढंगबाट खेती गर्नु भन्दा आधुनिक प्रणालीबाट खेती गर्दा कृषकको जिविकोपार्जनमा सहज हुने र उद्योगहरुलाई समेत पर्याप्त मात्रामा कच्चापद्दार्थ उपलब्ध गराउन सकिने हुँदा कृषकहरुले क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै, बेलौरी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष हरिलाल चौधरीले पछिल्लो समयमा स्थानीय तहसँगै अन्य सरकारी निकायबाट कृषकहरुलाई लक्षित गरी वितरण गरिएका बिउविजन, यन्त्र तथा उपकरणहरुको सही सदुपयोग गरी उत्पादन र आयआर्जनमा वृद्धि गर्नुपर्ने बताउनु भयो ।

उन्नत जातको उखु खेतीलाई प्रवद्र्धन गर्न कृषि ज्ञान केन्द्रले बिउविजन, मलखाद, विषादी, कृषि औजार वितरणसँगै आवश्यक सहयोगका लागि कृषि प्राविधिक समेत खटाएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषि अधिकृत रण बहादुर मल्लको भनाइ छ । कृषकहरुलाई उखु खेतीतर्फ प्रोत्साहन गर्ने र बेलाबेलामा आइपर्ने प्राविधिक समस्या समाधानका लागि महाकाली सुगर ईन्डष्ट्रिज प्रा.लि., बेलौरीले समेत टेवा पुर्याइरहेको महाकाली सुगर ईन्डष्ट्रिज प्रा.लि., बेलौरीका क्यान म्यानेजर सि.डी. पाण्डेयले बताउनु भयो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरु नेकपा एमालेको तर्फबाट हर्क बहादुर केशी, माओवादी केन्द्रको तर्फबाट यज्ञ कँडेल र नेपाली कांग्रेशको तर्फबाट गोपी प्रसाद उपाध्यायले मन्तव्य राख्नुभएको थियो । गतवर्षदेखि बेलौरी नगरपालिका अन्तर्गत वडा नम्बर १० मा सो कार्यक्रम लागु गरिएको हो ।

sorce:NB media

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

32 Shares
Tweet
Share32
Share
Pin