२८ बैशाख २०७८, मंगलवार
बि प्लस नेपाल

बेंगलोर र कोलकाता बीच आज हुने खेल स्थगित, आजै अर्को मिति सार्वजनिक गरिने

बि. प्लस न्युज डेस्क २० बैशाख २०७८, सोमबार
बेंगलोर र कोलकाता बीच आज हुने खेल स्थगित, आजै अर्को मिति सार्वजनिक गरिने

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज राती हुने भनिएको रोयल च्यालेन्जर्स बेंगलोर र कोलकाता नाइट राईडर्स बीच हुने भनिएको खेल स्थगित भएको छ ।

भारतीय क्रिकेट बोर्डले के र कुन कारणले कोलकाता र बेंगलोर बीचको खेल स्थगित गर्न लागेको जनाएको छैन । तर भारतीय समाचार माध्यमहरुले जनाए अनुसार कोलकाताको टोलीमा कोरोनाको संक्रमण देखिएकोले गर्दा आज हुने खेल स्थगित गरिएको हो ।

कोरोनाको दोश्रो लहरले दक्षिण एसियामा बिध्वंश मच्चाउदै गर्दा भारतमा मात्रै दुई लाख मानिको मृत्यु भइसकेको छ भने दैनिक साढे तीन लाख भन्दा बढि संक्रमित भेटिन थालेका छन् । यो संख्या अझै बढी रहेको हुनसक्ने अनुमान गरिएको छ ।

केही समय अघि मात्र प्रतियोगिताको दौरान अष्ट्रेलियन खेलाडीहरुसँगै अम्यपारहरुले पनि प्रतियोगिता छोड्नुका साथै सिँगो देश संघर्षरत रहदा आईपिएल पनि रद्द गरिनु पर्ने आवाज उठ्न थालेका छन् ।

आज स्थगित भएको खेल अब अर्को मितिमा गर्नका लागि बिसीसीआईको बैठक आज नै बस्ने र अर्को मिति सार्वजनिक गर्ने पनि भारतीय समाचार माध्यमहरुले जनाएका छन् ।

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares
  •  
    9
    Shares
  • 9
  •  
  •  
  •  
  •  
सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

सुरज राना

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल