२ कार्तिक २०७८, मंगलवार
बि प्लस नेपाल

आज लगानी बोर्डको बैठक बस्दै

समाचार संबाददाता २२ आश्विन २०७८, शुक्रबार
आज लगानी बोर्डको बैठक  बस्दै

लगानी बोर्डको ४८औँ बैठक शुक्रबार बस्ने भएको छ । बोर्डका अनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्तभएपछि पहिलो पटक बोर्डको बैठक बस्न लागेको हो । प्रधानमन्त्री बोर्डको अध्यक्ष हुने कानुनी व्यवस्था छ ।
बोर्डकोे यो बैठकमा विभिन्न जलविद्युत् आयोजनाको लगानी स्वीकृति, पुँजी वृद्धि, वित्तीय व्यवस्थापनका ढाँचा स्वीकृतिको विषय रहेका छन् ।

बोर्डका अनुसार दोलखाको जुमखोला जलविद्युत् आयोजनाको लगानी स्वीकृति, अरुण तेस्रो जलविद्युत् आयोजनाको पुँजी वृद्धि, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको ढाँचालगायतका विषयहरूले बैठकमा प्रवेश पाउने भएको छ ।

बोर्ड बैठकले चालू आर्थिक वर्षको वार्षिक बजेट पनि पारित गर्ने छ । त्यसैगरी बोर्डको व्यावसायिक तथा रणनीतिक योजना अनुमोदन पनि गरिने छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

सुरज राना

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin