२ कार्तिक २०७८, मंगलवार
बि प्लस नेपाल

आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री:देउवा

बि. प्लस न्युज डेस्क २२ आश्विन २०७८, शुक्रबार
आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा  प्रधानमन्त्री:देउवा

सरकार बनेको करिब तीन महिनापछि शुक्रबार (आज) मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । २९ असारमा सरकारको नेतृत्व सम्हालेकाक प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि किस्ता किस्तामा गरी पाँच मन्त्री र एक राज्यमन्त्री बनाएका थिए । २५ सदस्यीय मन्त्रिमण्डलमा प्रधानमन्त्री देउवाले पाँच जनाको भरमा तीन महिना मुलुक हाँकेका थिए । शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी भइरहेको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

बिहीबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा भएको सहमति अनुसार आज मन्त्रिपरिषदलाई पूर्णता दिन लागिएको भानुको भनाइ छ ।

विहीबार मन्त्रालय बाँडफाँडको टुंगो लगाएसँगै आज मन्त्रिपरिषदलाई पूर्णता दिइन लागिएको उनले बताए । सहमतिअनुसार नेपाली काँग्रेसले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने भएको छ ।

माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले ४–४ मन्त्रालय पाएका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

सुरज राना

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin