१७ मंसिर २०७८, शुक्रबार
बि प्लस नेपाल

महाकाली नदिमा वर्षकै सबैभन्दा उच्च बाढी

बि. प्लस न्युज डेस्क २ कार्तिक २०७८, मंगलवार
महाकाली नदिमा  वर्षकै सबैभन्दा उच्च बाढी

आईतवार साँझदेखि परेको अविरल बर्षाले महाकाली नदिमा ठूलो बाढी आएको छ । बेमौसमी बर्खाका कारण कात्तिक महिनामा महाकाली नदिमा अहिले सम्मको उच्च बाढी आएको हो ।

महाकाली नदिमा मंगलबार बिहान महाकालीमा पानीको बहाव ५ लाख २ हजार क्युसेक मापन गरिएको छ, जुन यो वर्षकै सबैभन्दा बढी हो । बाढी अझै बढ्ने क्रम जारी छ । बाढीले तटिय क्षेत्र डुबानमा परि भीमदत्त नगरपालिका ९ खल्ला, वडा नम्बर १२ ऎरि १३ को सोनापुर क्षेत्रमा स्थानीयको घरमा पानी पसेको छ ।

घर भित्र ठूलो पानी भएपछि स्थानीयको उद्दारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छ्न । बेमौसमी बर्खाका कारण कात्तिक महिनामा महाकाली नदिमा अहिले सम्मको उच्च बाढी आएको हो । महाकाली नदिमा मंगलबार बिहान ५ बजे ३ लाख ९१ हजार ३६४ क्युसेक पानीको बहाव मापन गरिएको छ ।

२०७० सालयता महाकाली नदिमा यो उच्च बहाव हो । दार्चुला क्षेत्रमा अविरल पानी परिरहेकोले महाकाली नदिमा पानीको बहाव अझ बढ्न सक्ने भन्दै सतर्कता अपनाउन कंचनपुर प्रशासनले अनुरोध गरेको छ ।

यस्तै दोधाराचादनी नगरपालिका १० जोगबुढा नदि छेउमा रहेको कुतियाकवर शसस्त्र प्रहरीको अस्थायी क्याम्पमा बाढी पसेको छ । राती १ बजे नजिकैको हरिओम प्राथमिक विद्यालयमा प्रहरीलाई स्थानान्तरण गरेपनी त्यहा पनि बाढि पसेपछी प्रहरीकै बिचल्ली भएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

सुरज राना

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin