१७ मंसिर २०७८, शुक्रबार
बि प्लस नेपाल

कैलालीमा प्रचण्ड आउने, यस्ताे छ एक दिवसीय कार्यक्रम

बि. प्लस न्युज डेस्क ८ मंसिर २०७८, बुधबार
कैलालीमा प्रचण्ड  आउने,  यस्ताे छ एक दिवसीय कार्यक्रम

 पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कैलाली आउने भएका छन् । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा राष्ट्रनायक मानिने प्रचण्ड कैलालीका बिभिन्न स्थानमा हुने कार्यक्रममा सहभागि हुन मंसिर ८ गते बुधवार विहान धनगढी पुग्न लागेका हुन् ।

बुधवार विहान ८ वजे अघि नै धनगढी विमानस्थलमा पुग्ने प्रचण्डले भीआइपी कक्षमा प्रेस सेन्टर कैलालीकाे आयाेजनामा पत्रकार सम्मेलन गर्नेछन् । त्यसपछि  पार्टी अध्यक्ष प्रचण्डले नेकपा (माओवादी केन्द्र) बर्दगोरियाको पालिका अधिवेशनलाई बिहान ११ बजे सम्बोधन गर्ने र त्यसपछि भजनी नगरपालिकाको नवनिर्मित कार्यपालिका भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा (माओवादी केन्द्र) का कैलाली जिल्ला अध्यक्ष लाल बहादुर सोडारी “दर्शन” जानकारी दिएका छन ।

जिल्लाका पूर्वी पालिकाका कार्यक्रम सम्पन्नपछि मंसिर ८ गते नै धनगढीमा पार्टीको प्रदेश कमिटीलाई अध्यक्ष प्रचण्डले प्रशिक्षण दिने बताइएकाे छ । अध्यक्ष प्रचण्ड अाज नै काठमाण्डौं फर्किने कार्यक्रम रहेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

सुरज राना

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin