२२ जेष्ठ २०८०, सोमबार
बि प्लस नेपाल

बागी उम्मेदवारलाई कारवाही गर्ने प्रधानमन्त्री देउवाको चेतावनी

खबर सम्बाददाता २६ बैशाख २०७९, सोमबार
बागी उम्मेदवारलाई कारवाही गर्ने प्रधानमन्त्री देउवाको चेतावनी

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बागी उम्मेदवारलाई कुनै हालतमा माफी नदिने चेतावनी दिएका छन् । सोमबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बागीलाई कारवाही गर्ने चेतावनी दिएका हुन् ।
‘स्थानीय सरकार पनि जित्न जरुरी छ । बागीले उम्मेदवारी फिर्ता लिनुपर्छ’ देउवाले भने, ‘अहिले भन्न चाहन्छु । बागी उम्मेदवारलाई कुनै पनि हालतमा सहिने छैन । बागी उठ्दा हामीले पहिले पनि हारेकै हो । अहिले पनि बागी उठेर पार्टी हा¥यो भने कुनै पनि हालतमा माफी गरिने छैन ।’
सम्बोधनकै क्रममा आसन्न स्थानीय तह निर्वाचनमा एमालेलाई जिताए स्थानीय तह नै भंग हुनसक्ने बताएका छन् । ‘संसद विघटन गर्ने एमालेले जिते, उसले स्थानीय तह नै विघटन गर्नसक्छ,’ उनले भने, ‘संसद विघटन गर्ने, चल्न नदिने एमालेलाई जिताउनु भनेको स्थानीय तह, प्रदेश र संसद नै विघटन गर्न सक्छ ।’

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin