कञ्चनपुरकाे पुनर्वास नगरपालिकाकाे वडा नं. ८ को अध्यक्षमा स्वतन्त्र उमेदवार राना श्रवण विजयी भएका छन्। २०७४ सालको चुनावमा नेपाली काँग्रेस बाट वडा अध्यक्ष जितेका राना, पार्टीले मुल्याङकन नगरे पछि स्वतन्त्र उमेदबारी दिएका थिए । उनी ८१८ मत ल्याउँदै प्यानलसहित विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका परीले रावल ४५८ मत ल्याए। त्यस्तै महिला सदस्यमा स्वतन्त्रकै देवी कार्की ६३२ ल्याई विजयी भइन्।
दलित महिला सदस्यमा लक्षमी सुनार बि क. ६७१, सदस्यमा दिपेश मल्ल ६६४ र दुले राम राना ६१३ मत प्राप्त गर्दै विजयी भएका छन्।