कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं. २ उल्टाखामकी एक नाबालिकामाथि बलात्कार भएको छ । मंगलबार जेठ १० गते दिउँसो ११–१२ बजेतिर उल्टाखामकी ११ बर्षिया एक बालिकामाथि बलात्कार भएको हो । ११ बर्षिया बालिकाको बलात्कार छिमेकीबाट भएको पाईएको छ । तर बलात्कार गर्ने ब्यक्ति मिलन टोलका ३३ बर्षिया दिनेश मालीले घरमै झुण्डिएर आत्महत्या गरेका छन ।
पीडित बालिका पक्षले घटना भएको २४ घन्टा वितिसकेको अवस्थामा पनि पुलिस प्रशासन मौन बस्नु, घटना प्रति कुनै एक्सन नलिएको भन्दै नाराबाजी पनि गरेका छन । बालिकामाथि यौन शोषण भएकाले दोषिले आत्महत्या ग¥यो भन्दै छुट पाईन्छ भन्ने होईन नाबालिकाको भविष्यमाथि गरिएको खेलवाडको दण्ड हुनुपर्छ पिडित पक्षको माग छ । पिडित बालिका उपचारकाे ग्यारेन्टी हुनुपर्ने , नाबलिका र उसकाे परिवारकाे उचित र सुरक्षित व्यबस्थापन हुनुपर्ने । अन्यथा कडा अन्दाेलन गर्ने चेतावनी स्थानीयले दिएका छन ।
बलात्कारको शिकार बनेकी नाबालिकाका आफन्त अनिता बडायतले बालिकाको बलात्कारपछि जेल परीने डरले दिनेशले आत्महत्या गरेको हुन सक्ने बताईन । बालिका रगतले लतपत्तिएकी थिईन, हाम्रो आशंका ति युवकले बलात्कार गरेर आत्महत्या गरेको बडायकले बताईन ।‘हामीले बालिकालाई सोध्दा अंकलले हान्यो भन्दै मलाई बचाउनुहोस भनिरहेकी थिईन, ‘उनले भनिन, ‘यौनीबाट रगत बगिरहेको थियो के यो बलात्कार होईन र ।’
बालिकाको बलात्कार भए नभएको बारे मेडिकल रिर्पोट आएको छैन । अधिकारकर्मी माया नेगीले घटना बारे बालिका परिवार, छरछिमेकी आफन्तसंग सोधपुछ गर्दा घटना जघन्य प्रकृतिको भएकाले घटनाबारे गहन अनुसन्धान गर्नुपर्नेमा जोडदिईन । ‘यो बालिका माथि भएको घटना समान्य होईन, ‘बालिकासंग बलात्कार गर्दा होहल्ला भएर सबैले थाहा पाएपछि मुद्दा लाग्ने डरले आत्महत्या गरिएको देखियो, ‘उनले भनिन, ‘दोषि पक्षको मृत्यु भयो भन्दैनमा पीडित बालिकाको न्याय मर्न दिनु हुँदैन ।’
पाँच बर्ष अघि कञ्चनपुर यसै उल्टाखामकी १३ बर्षिया नाबालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । निर्मला पन्तको बलात्कारी हत्यारा पत्ता लागीसकेको छैन ।