कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. ७ जखौर ताल टोलका दुई जना केटा रुखबाट खसेका थिए । जसमध्ये एक जनाको मृत्यु भएको र अर्का एक जना गम्भिर घाइते भएको छ ।
ति दुवै जना कुसुम खाने भनेर नजिकैको जंगल गएका हुन । ती दुवै जना रुखको एउटै हाँगा बसेका बेला हाँगा भाँचेर खसेका हुन । १४ वर्षिय विवेक चौधरीको टाउमा चोट लागेकोले उनी घटना स्थलमै मृत्यु भएको छ र अर्को १८ वर्षिय भाष्कर जोशीलाई कम्मर र हातामा चोट लागेको छ । घाइतेलाई नवजीवन अस्पतालको असियुमा राखेर उपचार भइरहेको भनेर घाइतेकि आमा हेमा जोशीले जानकारी दिएकी छिन ।