कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको नगर वडघर÷भलमन्सा समितिको भलमन्सामा शुक्लाफाटा १२ तिल्कीका भलमन्सा वचन सिह राना चयन भएका छन । मंगलवार शुक्लाफाटा ६ कसरौलमा वसेको वडघर÷भलमन्सा नगर भेलाले रानालाई सर्वसहमत वडघर÷भलमन्सामा चयन गरेको हो ।
शुक्लाफाटा नगरपालिका क्षेत्रभरीका ४ दर्जन वढी भलमन्साहरुको भेलाले नगर स्तरिय वडघर÷भलमन्सा समितिको सह वडघर÷भलमन्सामा शुक्लाफाटा ३ पिपलाडीका लक्ष्मण
चौधरी, कोषध्यक्षमा शुक्लाफाटा १ का माया चौधरी, चौकीदार(चाकर) मा शुक्लाफाटा ६ का रतन सिह राना, सह चौकीदार(चाकर) मा वडा न १२ की फुल कुमारी राना चयन गरेको छ ।
त्यसैगरी समितिको सदस्यहरुमा क्रमशः वडा नं ४ का सुग्रिव राना, २ का चन्द्र वहादुर चौधरी, छोटेलाल राना, सुनिल चौधरी, हिमाली चौधरी, लाहनु चौधरी, भोसु राम चौधरी, जय सिह राना, हवलदार चौधरी, कालुराम डगौरा र मायामोती चौधरी निर्विरोध चयन भएका छन । नगरका १२ वटै वार्डवाट एक एक जना प्रतिनिधी र तिन जना ममोनित गरी जम्मा १५ जनाको नगर वडघर÷भलमन्सा समिति गठन गरिएको आदीवासी जनजाती महासंघ शुक्लाफाटा नगर समन्वय समितिका अध्यक्ष रतनलाल रानाले जानकारी दिनु भयो ।
शुक्लाफाटा नगरपालिका स्तरिय वडघर÷भलमन्सा नगर भेलामा थारु समुदायवाट नवनिर्वाचित वडा नं २ का वडा अध्यक्ष भोदुराम डगौरा, ३ का अध्यक्ष नरेन्द्र चौधरी, १२ का वडा अध्यक्ष नवल सिह राना लगायत वडा सदस्यहरुलाई टिका तथा फुलमालाले स्वागत तथा सम्मान गरिएको थियो । शुक्लाफाटा नगरपालिकाले वनाएको थारु समुदायको प्रथा जन्य कानून वडघर÷भलमन्सा परिचालन ऐन २०७८ अनुसार नगरमा नगर स्तरिय समिति, वडामा गाउ स्तरिय र टोलमा टोल वडघर÷भलमन्सा समिति चयन गर्ने प्रावधान अनुसार समिति चयन गरिएको आदीवासी जनजाती नगर समन्वय समितिका सचिव सुग्रिव रानाले वताउनु भयो ।