२० आश्विन २०७९, बिहीबार
बि प्लस नेपाल

धनगढी शाखाको आइ एम ई लाईफको बिमा सचेतना कार्यक्रम बिद्यालयमा सम्पन्न

खबर सम्बाददाता २९ श्रावण २०७९, आईतवार
धनगढी शाखाको आइ एम ई लाईफको बिमा सचेतना कार्यक्रम बिद्यालयमा सम्पन्न

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको धनगढी शाखाले धनगढी नमूना प्राविधिक बिद्यालय र राष्ट्रिय मा.वि. करिब १५५ जना विद्यार्थीहरुसँग बीमा सम्बन्धी सचेतना कार्यक्रम धनगढी शाखा सम्पन्न गरेको छ । कम्पनीको ५औं बार्षिकोत्सवको पूर्व सन्ध्यामा साप्ताहव्यापी कार्यक्रम अर्न्तगत धनगढी शाखाले यस्तो कार्यक्रमको आयोजना गरेको थियो ।

आइतबार धनगढी उप-महानगरपालिका वडा नं ७ को राष्ट्रिय मा.वि. र वडा नं ८ को धनगढी नमूना प्राविधिक बिद्यालयका विद्यार्थीहरुसँग बीमा सचेतना कार्यक्रम सञ्चालन गरिएको धनगढीका शाखा प्रमुख प्रेम लाल रानाले जानकारी दिएका छन ।
एजेनसी मेनेजरहरु नव उपाध्याय , अत्तरिया शाखा प्रमुख लक्ष्मण महता र मर्केटिङ्ग म्यानेजर बिन्द्रा चौधरीको उपस्थिती रहेका थियो । उक्त कार्यक्रममा शाखा प्रमुख रानाले विद्यार्थीहरुलाई जीवन बीमाको महत्व, आवश्यक्ता लगायतको विषयमा जानकारी गराउने उद्देश्ले सो कार्यक्रम सञ्चालन गरेको बताए।
कार्यक्रममा ऐजेन्सी मेनेजर नव उपाध्यायले जीवन बीमा किन गर्ने, बीमाका फाइदाहरु तथा बीमो महत्वको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउँदा जीवन बीमाप्रति सबैको सकरात्मक धारणाको विकास हुने बताए।

कलेजका विद्यार्थीहरुलाई बीमा कसरी गर्ने, बीमा गर्दा कुन योजना अन्तर्गत गर्ने, बीमा गरेपछि कम्पनीबाट प्राप्त हुने विभिन्न सुविधाहरुका बारेमा जानकारी गराउनुका साथै कसरी व्यवसायिक अभिकर्ता भएर काम गर्ने बारेमा सचेतना गरिएको थियो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin