कृष्णपुर नगरपालिका वडा नं -७ स्थित श्री कञ्चन मा.वि. मा ३ कोठे पक्की भवन र २ कोठे शौचालयको शिलान्यास भएको छ। कृष्णपुर नगरपालिका , बिल्ड अन नेपाल र श्री कञ्चन मा.वि. कृष्णपुर-७ ,कंचनपुरको त्रीपक्षीय साझेदारीमा ३ कोठे पक्की भवन र २ कोठे शौचालयको कृष्णपुर नगरपालिकाका नगर उप-प्रमुख द्रोपती राना ज्युद्वारा शिलान्यास भएको छ ।
कार्यक्रममा सभाध्यक्ष वि.व्य.स. का अध्यक्ष हरी गैराल ज्यु , प्रमुख अतिथी कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा , विशिष्ट अतिथी नगर उप-प्रमुख द्रोपती राना , कृष्णपुर-७ का वडा अध्यक्ष घुम्मन राना , शिक्षक , अभिभावक, विद्यार्थी , समाजसेवी तथा बुद्धिजीवीको उपस्थितिमा रहेको थियो ।