२३ कार्तिक २०८१, शुक्रबार
बि प्लस नेपाल

पुनर्वासमा अन्तरास्ट्रिय रानाथारु सांस्कृतिक महोत्सव सम्पन्न

खबर सम्बाददाता ५ असार २०८१, मंगलवार
पुनर्वासमा अन्तरास्ट्रिय रानाथारु सांस्कृतिक महोत्सव सम्पन्न

कंचनपुरको पुनर्वास नगरपालिकाको आयोजनामा वडा नं १ भकुण्डाको रानाथारु संग्रहालयमा अन्तरास्ट्रिय रानाथारु सांस्कृतिक महोत्सव २०८१ असार ३ गते पुनर्वास नगरपालिकाका नगर उप-प्रमुख भुलिया कुमारी रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा , विशिष्ट अतिथी बेलौरी नगरपालिकाका नगर उप-प्रमुख जोगराम चौधरी , पुनर्वास नगरपालिकाका निवर्तमान नगर प्रमुख जीवन थापा , अतिथी वडा अध्यक्षहरु , अतिथी नेपाल रानाथारु समाजका केन्द्रिय उपाध्यक्ष ओम प्रकाश राना , महासचिव भक्तराज राना , राना कला संस्कृति संरक्षण तथा विकास मञ्चका अध्यक्ष नारायन राना , उपन्यासकार तथा लेखक पदम राना रानाथारु युवा मंच खटिमा (uk) का अध्यक्ष डिलु सिंह राणा , थारु जनकल्याण संस्था लखिमपुर खिरी (up) का अध्यक्ष छैलबेहारी राणा , बेलौरी नगर भलमन्सा समितीका अध्यक्ष सुरेश बडायक , भलमन्सा , समाजसेवी बुद्धिजीवी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थितिमा रहेको थियो ।

नेपाल र भारतको कला संस्कृतिलाई झल्काउनको प्रस्तुतिहरु रहेको थियो । कार्यक्रममा रानाथारु समुदायको होरी नाच , झिझी , ठडिया नाच ,ढोल गित , सावनको गित , निझोटा गाउको होरी ,खटिमाबाट गायक बन्टी राना , रिन्कु रानाको टिम र सुदुरपश्चिम समाज धनगढीको नृत्य प्रस्तुति रहेको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin