सुदुरपश्चिम प्रदेश सरकारले सुदुरपश्चिम प्रदेश निजामती सेवा ऐन २०७९ चालु अधिवेशमा संशोधनको लागी लैजाने भएको छ । सो विधयकमा अव बन्ने सुदुरपश्चिम प्रदेश निजामती सेवा ऐन २०७९ मा देशको जातिय जनसंख्या अनुसार आरक्षण्को व्यवस्था गरिने व्यवस्था रहेको छ । २०७८को राष्ट्रिय जनगणको अनुसार थारु / रानाथारुको क्लस्टरमा हुनु पर्ने १७.८२ प्रतिश हो तर त्यसलाई घटाएर १३ प्रतिशत कायम गरिएको थियो । उक्त विधयकमा थारु/रानाथारुहरुको विगतमा विमती रहेको थियो ।
सोहि ऐन संशोधन गर्न बनेको विधयकमा हाम्रो निम्न बमोजिमको माग संवोधनका लागी सुदुरपश्चिम प्रदेश सरकार समक्ष यो ज्ञापन पत्र वुझाएका छौ बताए नेपाल रानाथारु समाजका केन्द्रिय अध्यक्ष तथा संविधान सभासदस्य कृपाराम राना । वहाँले भन्नु भयो,“ “सन्सोधन बिधेयक ” १) थारु/ रानाथारु क्लस्तरको जनसंख्या १७.८२ प्रतिशतको आधारमा विधेयकमा न्युनतम १८ प्रतिशत समावेशी सुनिश्चिता हुने गरि ऐन बनाउनु पर्ने । २) महिलाको आरक्षण ३३ प्रतिशतमा थारु रानाथारु महिलाको १८ प्रतिशत समावेशी सुनिश्चित गरिनुपर्ने । ३) ऐनमा भएको स्थानीय पालिकालाई पद पुर्तीको क्लस्टर मानिएकोमा प्रदेशलाई क्लस्टर मानिनु पर्ने ।”
संशोधन प्रस्तव बुझदै सुदुरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री माननीय कमल बहादुर शाहले भन्नु भयो,“ निजामति कर्मचारी ऐन यो प्रदेशमा जसको कारणले हामीले केहि गर्न सकिरहेका थिएनौ अहिले सम्म सचिब र उपसचिब पदको पदपुर्ति गर्न सकिरहेका छैनौ संघकै आशामा वस्नु परेको वाध्यता रहेको छ अव यो विधयक पास भए पछि कर्मचारीमा देखिएको समस्य समाधान हुन्छ, हामीलाई चाहिन भनेको हाम्रो प्रतिशत हो यसको लागि एक स्टेप अगाडि बढि सकेका छ अब हामीले यसको समाधानको लागि एउटा समिती बनाएर त्यसले राष्ट्रिय जनगणा लगायतको डेटालाई संकलन गरेर समस्या समाधान गरेर अगाडि बढने ।”
त्यसै गरि संशोधन प्रस्तव बुझदै सुदुरपश्चिम प्रदेश सभामुख भिम भण्डारी ले यो ज्ञापन पत्र अलि ढिलो भए जस्तो छ फेरी पनि पहल गर्दै गर्नुस भन्नु भयो । निम्न व्यक्तिहरुको उपस्थितमा ज्ञापन पत्र बुझाइयो कृपाराम राना, संविधान सभा सदस्य तथा नेपालरानाथारु समाज अध्यक्ष, रामेश्वर चौधरी, प्रदेश सभा सदस्या, घनस्याम चौधरी, नेपालु चौधरी निवर्तमान सभापति, विधायन तथा आन्तरिक मामिला समिति, द्रोपती राना कृष्णपुर नगरपालिकाका उप-प्रमुख , कमल सिंह राना, नेपाल रानाथारु समाज केन्द्रिय उपाध्यक्ष, माधब चौधरी संयोजक थरुहट थारुवान राष्टिय माेर्चा कैलाली, बसन्ती चौधरी थारुकल्याणकारी सभा सदस्य लगायको उपस्थित रहेको थियो । पेश भएको संशोधन प्रस्तावमा सामुदायको चित नबुझिएमा थप संघर्षका कार्यक्रम अगाडि बढाउने छ भनेर नेपाल रानाथारु समाजका उपाध्यक्ष कमल सिंह रानाले जानकारी दिएका हुन । यसै कुरालाई थरुहट थारुवान राष्टिय माेर्चा कैलालीका संयोजक माधब चौधरी ले अन्दाेलनकाे विकल्प नरहेकाे जानकारी दिएका हुन ।