३१ भाद्र २०८१, सोमबार
बि प्लस नेपाल

सुदुरपश्चिम प्रदेश सभाको गेटमा भदौ ४ गते १० बजे धर्ना कार्यक्रम हुँदै

खबर सम्बाददाता ३ भाद्र २०८१, सोमबार
सुदुरपश्चिम प्रदेश सभाको गेटमा भदौ ४ गते १० बजे धर्ना कार्यक्रम हुँदै

कैलालीको धनगढीमा प्रदेश निजामती सेवा ऐन संसाेधन बिधेयक थारु/राना थारु बिरुद्ध भएकाे दर्ता सम्वन्धि सुदुरपश्चिम प्रदेश सभाको गेट अगाडी धर्ना कार्यक्रम भदौ ४ गते बिहान १० बजे थारु कल्याणकारी सभा , थारुहट थारुवान राष्ट्रिय मोर्चा ,नेपाल रानाथारु समाज , थारु नागरिक समाजको आयोजनामा हुने बताएका छन ।

सुदूरपश्चिम प्रदेश निजामती सेवा, पत्रकार सम्मेलन २०७९ लाई संशोधन गर्न बनाएको बिधेयकमा प्रदेश सभाका माननीय सदस्यहरुको संशोधन प्रस्तावलाइ पन्छाउनुका साथै सम्बन्धित समुदायसँग सामान्य विमर्ष समेत नगरी प्रदेश सरकारद्वारा एकलौटी ढंगबाट अगाडी बढाउने देखिएकोले सुप प्रदेशका मुख्यमन्त्री, सभामुख, बिधान तथा आन्तरिक मामिला सभापतिहरुमा ज्ञापन पत्र समेत बुझाइएकोमा मिति २०८१।०५।०२ गतेका दिन सो बिधेयक संशोधन हाम्रा मागका विपरित दर्ता भएको र हाम्रा जायत मागहरुको सुनुवाइ हुने कुनै संकेत नदेखिएको हुँदा मिति २०८१।०५।०४ गते १० बजे सुदूरपश्चिम प्रदेशसभा, धनगढीको गेट अगाडी धर्ना कार्यक्रम गर्ने निर्णय गरेका छौ भनेर पत्रकार सम्मेलनमा जानकारी दिएका हुन ।

मागहरुः
१. थारु/रानाथारु क्लस्टरको समानुपातिक समावेशी सिद्धान्तको आधारमा थारु/रानाथारुको जनसंख्या (१७.८२%) को आधारमा विधेयकमा न्युनतम १८% समावेशी सुनिश्चिता हुने गरि ऐन बनाउनु पर्ने ।
२. महिलाको आरक्षण ३३% मा थारु/रानाथारु महिलाको १८% समावेशी सुनिश्चित गरिनुपर्ने।
३. ऐनमा भएको स्थानीय पालिकालाई पद पुर्तीको क्लस्टर मानिएकोमा प्रदेशलाई क्लस्टर मानिनु पर्ने।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin