३१ भाद्र २०८१, सोमबार
बि प्लस नेपाल

कृष्णपुर नगरपालिकाद्वारा विद्यालयलाई स्मार्ट टिभी बितरण

खबर सम्बाददाता ६ भाद्र २०८१, बिहीबार
कृष्णपुर नगरपालिकाद्वारा विद्यालयलाई स्मार्ट टिभी बितरण

कञ्चनपुरको कृष्णपुर नगरपालिकाद्वारा विद्यालयलाई स्मार्ट टेलिभिजन, कम्प्युटर, प्रिन्टर लगायत प्रबिधिमैत्री सामाग्री वितरण गरिएको छ।

बिहीबार शिक्षा शाखाले एक कार्यक्रमको आयोजना गरी कृष्णपुर नगरपालिका भित्रका ३२ विद्यालयका बालबालिकाको निम्ति स्मार्ट टेलिभिजन वितरण गरेको हो । बितरण गरेको प्रबिधिमैत्री सामाग्री अन्तरगत क्ष्घ कम्प्युटर १७ थान, प्रिन्टर कलर ३ ओटा, प्रन्टर ब्याक रह्वाईट १७ ओटा, युपिए १७ ओटा, प्रोजेक्टर ३ थान र स्मार्ट टिभी ३६ थान बितरण गरेको छ ।

६५ इन्च साइजमा टिभि लगायत अन्य सामाग्री पालिका भित्र भ्ऋम् कक्षा संञ्चालन गर्दै गरेका विद्यालयमा स्मार्ट टिभि विद्यालयका प्रधानाध्यापकहरुलाई नगर प्रमुख हेमराज ओझाले हस्तान्तरण गरेका छन् । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्रविधीमैत्री , अध्ययनमा सहजता होस भन्ने हेतूले स्मार्ट टिभी उपलब्ध गराएको जनाएका छन । सामुदायिक विद्यालयका विद्यार्थीलाई सूचना प्रविधिमैत्री ढंङ्गले पठनपाठनका लागि पहिलो प्राथमिकतामा राखेर नगरभित्रका ३२ वटा सामुदायिक विद्यालयलाई ३६ ओटा स्मार्ट टिभी जडानका लागि हस्तान्तरण गरिएको नगरप्रमुख हेमराज ओझाले बताएका हुन ।

त्यसै गरी नगरपालिकाका आइटी शाखा प्रमुख मदन राज पाण्डेयले विद्यार्थीको सिकाइ उपलब्धि हासिल गर्न सामुदायिक विद्यालयलाई स्मार्ट टिभी वितरण सँगै पछिल्लो चरणमा सबै बिद्यार्थीले समय अनुकुल सक्षम बनाउनका लागि बिद्यालयमै प्रबिधि मैत्री सामाग्री बितरण गरेको बताएका हुन ।

सिधै ईन्टरनेट तथा डाउनलोड गरेर राखिएका शैक्षिक सामाग्री टिभीमा देखाउँदै बालबालिकालाई पढाउन विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई नगरपालिकामा बोलाएर बिहीबार टेलिभिजन वितरण गरिएको हो। स्मार्ट टिभी सँगै अन्य सामाग्री पाए पछि जनजाग्रिति बिद्यालयका प्रधानाध्यापक प्रेम सिंह धामीले भने, ‘बालबिकासमा रहेका बालबालिकाले सुनाई र हेराईका कारण बौद्धिक क्षमतामा विकास हुने भएकाले स्मार्ट टिभीले नानीवावुहरुलाई फाईदा पुर्याउने बताएका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin