धनगढी । ‘तेस्रो राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८१’ को लागि आवेदन खुला भएको छ । सुप इन्टरटेन्मेन्ट हाउस प्रा.लि. धनगढी र बाडुल्की मिडिया हाउस प्रालि कन्चनपुरको संयुक्त आयोजनामा तेस्रो म्युजिक अवार्ड कार्यक्रम गर्न लागिएको हो ।पहिलोपटक २०८० बैशाख ८ गते धनगढीको थ्री डी आर्ट म्युजियममा सुदूरपश्चिम प्रदेशका तत्कालीन प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यतामा प्रथम सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०७९ आयोजना गरिएको थियो । जसमा ३९ जना अवार्ड विजेता भएका थिए भने ८ जनालाई सम्मान गरिएको थियो ।त्यस्तै दोस्रोपटक २०८१ फागुन ५ गते कैलाली उद्योग वाणिज्य संघ धनगढीमा रहेको शुभम होटलमा सुदूरपश्चिम प्रदेशका तत्कालीन भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी प्रमुख आतिथ्यतामा दोस्रो सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८० आयोजना गरिएको थियो । जसमा ४१ जना अवार्ड विजेता भएका थिए भने १६ जनालाई सम्मान गरिएको थियो ।पहिलो र दोस्रो म्युजिक अवार्ड कार्यक्रमपछि ‘तेस्रो सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८१’ गर्न लागिएको सुप इन्टरटेन्मेन्ट हाउस प्रालिका अध्यक्ष अनुप चन्द ठकुरीले बताएका छन् । तेस्रो म्युजिक अवार्डका लागि भाषाभाषी गीत, लोक गीत, देउडा गीत, राना थारु गीत, मौलिक तथा चाडपर्वका गीतहरू र आधुनिक गीतका विधाहरु रहेका छन् ।उक्त प्रत्येक विधाहरुमा सबर्वोत्कृष्ट गित, सर्वोत्कृष्ट शब्द, सर्वोत्कृष्ट लय, सर्वोत्कृष्ट गायक, सर्वोत्कृष्ट गायिका, सर्वोत्कृष्ट नव–गायक, सर्वोत्कृष्ट नव गायीका, सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट छायाकार, सर्वोत्कृष्ट दृश्य सम्पादन, सर्वोत्कृष्ट मोडल (पुरुष), सर्वोत्कृष्ट मोडल (महिला), सर्वोत्कृष्ट नव–मोडल पुरुष र सर्वोत्कृष्ट नव मोडल (महिला) लाई समावेश गरिने जनाइएको छ ।त्यस्तै अन्य विधामा सर्वोत्कृष्ट कला पत्रकारिता (पुरुष), सर्वोत्कृष्ट कला पत्रकारिता (महिला), सर्वोत्कृष्ट उद्घोषक (पुरुष), सर्वोत्कृष्ट उद्घोषक (महिला) रहेका छन् ।तेस्रो सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८१’अवार्ड प्रतिस्पर्धाको आवेदनका लागि (९८४८५४१४१० र ९८४८६९८९४४४) आयोजकले भदौ २५ गतेसम्म अन्तिम म्याद तोकिएकोमा १० दिनका लागि थप गरिएको छ ।