११ माघ २०८१, शुक्रबार
बि प्लस नेपाल

लागुऔषधसहित धनगढीमा दुई जना पक्राउ, एक जना फरार

खबर सम्बाददाता १२ आश्विन २०८१, शनिबार
लागुऔषधसहित धनगढीमा दुई जना पक्राउ, एक जना फरार

धनगढीः  लागुऔषधसहित कैलालीको धनगढीबाट दुई जना पक्राउ परेका छन्, भने एक जना फरार भएकाे छ ।

धनगढी उपमहानगरपालिका–५ शिवनगरबाट लागुऔषध ब्राउनसुगरसहित धनगढी–१ का २४ वर्षीय भरतराज जोशी पक्राउ परेका छन्। जोशी ८० मिलिग्राम लागुऔषधसहित  शुक्रवार राति पक्राउ परेका हुन। वडा प्रहरी कार्यालय  धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

यस्तै धनगढी–१७ का २३ वर्षीय पप्पु राना पक्राउ परेका छन्। रानालाई प्रहरीले १३० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो। साथै थप अनुसन्धानको क्रममा धनगढी–५ का बिनय थापाको घरबाट ७ सय ४० मिलिग्राम लागुऔषध बरामद गरिएको छ। बिनय भने फरार रहेका छन्। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin