१९ फाल्गुन २०७७, बुधबार
बि प्लस नेपाल

आज तीजको दर खाने दिन : नेपालमा तिज मनाईदै

समाचार संबाददाता ४ भाद्र २०७७, बिहीबार
आज तीजको दर खाने दिन : नेपालमा तिज मनाईदै

हरितालिका तीजको अघिल्लो दिन आज दर खाने दिन। तीज पर्व मनाउने क्रममा यो दिन विभिन्‍न मिष्ठान्न परिकारका साथ दर खाइन्छ। भोलि बस्ने निराहार व्रतको लागि शक्ति प्राप्त होस् भनी मिष्ठान्न परिकारका साथ दर खाने परम्परा छ।

धार्मिक मान्यतानुसार सत्य युगमा पार्वतीले पनि भाद्र शुक्ल द्वितियाका दिन दर खाई तृतीयामा व्रत गर्दा महादेव स्वामी पाएको विश्वास छ। तीज मनाउन माइतमा भेला भएका चेलीबेटीलाई माइतीहरूले खिर, ढकनी, हलुवा, विभिन्न मिठाई तथा दुध घ्यूबाट बनेका परिकार दरका रूपमा खुवाउने चलन छ। 

तर, कोरोना भाइरस संक्रमणको जोखिमका कारण यसवर्ष चेलिबेटीहरू नबोलाउन, जमघट नगर्न र घरका परिवारहरू मात्र बसेर पर्व मनाउन अनुरोध गरिएको छ। तीजको दिन पानीसम्म नखाने गरी व्रत बस्‍ने हुनाले आज मध्यरातिसम्म दर खाइन्छ। 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

सुरज राना

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल