२९ मंसिर २०८१, शनिबार
बि प्लस नेपाल

कैलाली जिसस प्रमुखमा काँग्रेसकी टीका कुमारी निर्विरोध

खबर सम्बाददाता ५ मंसिर २०८१, बुधबार
कैलाली जिसस प्रमुखमा काँग्रेसकी टीका कुमारी निर्विरोध

जिल्ला समन्वय समिति (जिसस) कैलालीको प्रमुख पदमा काँग्रेसकी उम्मेदवार टीकाकुमारी चौधरी भुल निर्विरोध बनेकी छन् । प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले उम्मेदवारी फिर्ता लिए पछि भुल निर्विरोध भएकी हुन् ।
नाउपाबाट प्रमुख पदका लागि रुपमती डगौरा थारुले उम्मेदवारी दर्ता गरेकी थिइन्। तर, नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन बलियो बनेपछि नाउपाले प्रतिस्पर्धाबाट पछि हट्ने निर्णय गरेको थियो ।


उनका अनुसार कैलालीमा प्रमुख पद जित्न १३ मत आवश्यक पर्ने भए पनि कांग्रेस र एमालेको गठबन्धनले १३ मत सुनिश्चित गरिसकेको छ। कांग्रेससँग ८ र एमालेसँग ५ मत रहेको छ । नाउपासँग ७, माओवादी केन्द्रसँग ३, समाजवादीसँग १ र स्वतन्त्रसँग १ मत रहेको थियो ।

प्रदेश निर्वाचन कार्यालय, कैलालीका निमित्त प्रमुख प्रेम भट्टले उम्मेदवारी फिर्ताका लागि बुधबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकेका थिए । टीकाकुमारी भुल कैलारी गाउँपालिका–२ बाट दलित महिला सदस्यमा निर्वाचित भएकी हुन्। यसअघि, २०७९ पुस २३ गते तत्कालीन प्रमुख पदमबहादुर कलेलको निधन भएपछि रिक्त रहेको पदका लागि उपनिर्वाचन तोकिएको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin