२९ मंसिर २०८१, शनिबार
बि प्लस नेपाल

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा ऐक्यबद्धताको लागि संयुक्त अपिल

खबर सम्बाददाता ९ मंसिर २०८१, आईतवार
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा ऐक्यबद्धताको लागि संयुक्त अपिल

गैरसरकारी ससंस्थाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा ऐक्यबद्धताको लागि संयुक्त रुपमा अपिल गरेको छ ।

अन्तर्राष्ट्रिय महिला हिंशा विरुद्धको १६ दिने अभियानको सुरुवात सन् १९६० मा डोमेनिकल गणतन्त्रको त्रुजीलो तानाशाही सरकारले मिरावेल परिवारका तीन दिदी बहिनीको निर्मम हत्याको विरोध स्वरूप सुरु गरिएको हो ।

नेपालकाे संविधान२०७२ धारा ३८ मा महिला हक,धारा १६ सम्मानजनक जीवनको अधिकार,धारा१८ समानताको अधिकार,धारा २० संरक्षणको हक,धारा ४३ ले रोजगारीको हक, धारा ३३ श्रमअधिकारको संरक्षण लगायत अन्य कानुनले प्रदत्त गरिएका विभिन्न अधिकारको उचित कार्यान्वयनको माग गर्दै संयुक्त रूपमा अपिल गरिएको छ ।

महिलाहरु अझै हिंसा बाट पीडित भइरहेका छन्,महिला मात्रै ना भई बालबालिकाहरु माथि भएको विभेद हरु हटाउन र महिलाहरुविभिन्न कठिनाईको सामना गर्दैछन् ,उनीहरूको न्याय प्राप्तिका लागि यो १६ दिने अभियान गर्दै छौं,भनेर आजको पत्रकार सम्मेलनमा गैरसरकारी संस्था महासंघ सुदुरपश्चिम प्रदेश का अध्यक्ष देव प्रसाद खनालले बताएका छन्।

२२ ओटा संस्थाले कैलाली जिल्लाको १३ ओटा पालिका र कञ्चनपुरको एउटा पालिकामा विभिन्न यस्ता मुद्दाहरूमा हामी काम गरिरहेका छौं, साथै विभिन्न र्यालीहरु,जनचेतनामुलक सडक नाटकहरू,घुम्ती शिविर,अन्तर्क्रिया कार्यक्रम गर्नुका साथै रक्तदान कार्यक्रमको आयोजना पनि यो १६ दिने अभियानमा गरेका छौं भनेर SOS अध्यक्ष खनालले बताए ।

विभिन्न मुद्दाहरू उठायता पनि जातीय विभेद,कुप्रथा, कुसंस्कृति,महिलामाथि विभिन्न लाल्छना लाग्ने कार्यहरू अझै पनि छन्,यिनीहरूलाई जरै देखि हटाउन हामी यो अभियान चलाउँदै छौं भनेर ओरेक (worec )नेपालकी गीता चौधरीले बताइन्।

गैरसरकारी संस्थाले यस्ता विभिन्न हिंसात्मक कार्यहरूलाई हटाउन विभिन्न कार्यक्रम यो१६ दिने अभियानमा गरिनेछ भनेर फाया नेपालकी अध्यक्ष गोमा आचार्यले बताइन् ।

सरकारसँग समन्वय गरेर लैंगिक हिंशा विरुद्धको १६ दिने अभियान आयोजना भएको छ, भनेर गैरसरकारी संस्था केन्द्रिय महासंघकी सदस्य सावित्रा घिमिरेले बताएकी हुन ।

लैङ्गिक हिंसविरुद्धको १६ दिने अभियानमा सबै खाले हिंशा अन्त्य गर्न गैरसरकारी संस्थाले जनचेतनामुलक कार्यक्रम गर्ने भएको छ,जसका लागि २८ लाखको बजेट खर्च हुने भनेर आजको पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin