विघटित प्रतिनिधि सभा सदस्य नारदमुनि रानाको निरन्तरको प्रयास पछि धनगढी खुटिया सडक कालोपत्रे गर्नका लागि टेन्डर आह्वान गरिएको छ । धनगढी खुटिया सडक कालोपत्रे गर्नका लागि टेन्डर आह्वान गरिएको हो । धनगढी देखि हाट खोलीसम्मको साढे १३ किलोमिटर र दिपायलदेखि बाझमोडसम्म साढे ९ किलोमिटर सडक कालोपत्रे गर्न टेन्डर आह्वान गरेको योजना कार्यालयका योजना प्रमुख खगेन्द्र शाहीले जानकारी दिए ।
सांसद रानाले पटक पटक मन्त्रालयमा सडक निर्माणका लागि दबाब सँगै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, बन मन्त्री प्रेम आलेले पनि सडक निर्माणको लागि पहल गरेका हुन ।
अर्थ मन्त्रालय अन्तर्गतको बजेट तथा कार्यक्रम महाशाखाले सहमति दिएपछि कैलालीमा साढे १३ किलोमिटर र डोटीमा साढे ९ किलोमिटर कालोपत्रे हुनेछ । २२ किलोमिटर सडक निर्माण गर्न झन्डै ७५ करोड खर्च हुनेछ । ३० दिनको म्याद राखेर बोलपत्र आह्वान गरिएको योजना प्रमुख शाहीले जानकारी दिए ।
चुनावका बेला सडक कालोपत्रे गर्ने आश्वासन दिएका रानाले आफ्नो प्रतिबद्धता पूरा गरेको स्थानीय खुशी भएको बताए । रानाले संसदमा पनि सडक निर्माणका लागि पटक पटक आवज उठाएका थिए । माननीय ज्युको पहल बाट सडक कालोपत्रे हुने भएको छ स्थानीय संजय पन्तले भने उहाले आफ्नो बाचा पूरा गर्नु भएको छ ।