१९ फाल्गुन २०७७, बुधबार
बि प्लस नेपाल

रानाको निरन्तरको प्रयास पछि धनगढी –खुटिया सडक कालोपत्रेका लागि टेन्डर आह्वान

समाचार संबाददाता २८ माघ २०७७, बुधबार
रानाको निरन्तरको प्रयास पछि  धनगढी –खुटिया सडक कालोपत्रेका लागि टेन्डर आह्वान

विघटित प्रतिनिधि सभा सदस्य नारदमुनि रानाको निरन्तरको प्रयास पछि धनगढी खुटिया सडक कालोपत्रे गर्नका लागि टेन्डर आह्वान गरिएको छ । धनगढी खुटिया सडक कालोपत्रे गर्नका लागि टेन्डर आह्वान गरिएको हो । धनगढी देखि हाट खोलीसम्मको साढे १३ किलोमिटर र दिपायलदेखि बाझमोडसम्म साढे ९ किलोमिटर सडक कालोपत्रे गर्न टेन्डर आह्वान गरेको योजना कार्यालयका योजना प्रमुख खगेन्द्र शाहीले जानकारी दिए ।

सांसद रानाले पटक पटक मन्त्रालयमा सडक निर्माणका लागि दबाब सँगै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, बन मन्त्री प्रेम आलेले पनि सडक निर्माणको लागि पहल गरेका हुन ।

अर्थ मन्त्रालय अन्तर्गतको बजेट तथा कार्यक्रम महाशाखाले सहमति दिएपछि कैलालीमा साढे १३ किलोमिटर र डोटीमा साढे ९ किलोमिटर कालोपत्रे हुनेछ । २२ किलोमिटर सडक निर्माण गर्न झन्डै ७५ करोड खर्च हुनेछ । ३० दिनको म्याद राखेर बोलपत्र आह्वान गरिएको योजना प्रमुख शाहीले जानकारी दिए ।

चुनावका बेला सडक कालोपत्रे गर्ने आश्वासन दिएका रानाले आफ्नो प्रतिबद्धता पूरा गरेको स्थानीय खुशी भएको बताए । रानाले संसदमा पनि सडक निर्माणका लागि पटक पटक आवज उठाएका थिए । माननीय ज्युको पहल बाट सडक कालोपत्रे हुने भएको छ स्थानीय संजय पन्तले भने उहाले आफ्नो बाचा पूरा गर्नु भएको छ ।

  • 469
  •  
  •  
  •  
  •  
  •  
  •  
    469
    Shares
  •  
    469
    Shares
  • 469
  •  
  •  
  •  
  •  
सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

सुरज राना

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल