लामो समयदेखि अलपत्र परेको कञ्चनपुरको दैजिछेला औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढ्ने भएको छ । पहिलो पटक बजेट विनियोजना भएको २५ बर्षपछि छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने तयारी भएसंगै काम अघि बढ्ने देखिएको हो । २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको सरकारले सो औद्योगिक क्षेत्र स्थापना गर्न पहिलो पटक बजेट विनियोजन गरेको थियो । त्यस्को २५ बर्षपछि भोलि प्रधानमन्त्री केपी शर्मा ओली औद्योगिक क्षेत्रको शिलान्यास गर्न कञ्चनपुर आउन लागेका छन् ।