१३ बैशाख २०८१, बिहीबार
बि प्लस नेपाल

कांग्रेस कम्युनिष्टमा रहेका थारुका कारण थारुहरु अधिकारबाट वञ्चित : महतो

खबर सम्बाददाता १६ फाल्गुन २०७७, आईतवार
कांग्रेस कम्युनिष्टमा रहेका थारुका कारण थारुहरु अधिकारबाट वञ्चित : महतो

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले कांग्रेस कम्युनिष्टमा रहेका थारुले जनतालाई गुमराहमा राखि झुठको खेती गरि रहेकाले थारुहरु अधिकार पाउनबाट वञ्चित रहेको बताएका छन् ।
आइतबार भजनी नगरपालिका–२, मोहनपुरमा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जबसम्म कांग्रेस कम्युनिष्टमा रहेको थारु साथीले जनतालाई गुमराहमा राखि झुठको खेती गर्छन् तबसम्म थारुहरुले आफ्नो हक अधिकार र पहिचान पाउनबाट वञ्चित रहने बताए ।
‘कांग्रेस कम्युनिष्टमा बस्ने थारु साथीहरु जनतालाई गुमराह गरेर झुटको खेती गरेर जनताले अधिकार पाउँछ, पहिचान पाउँछ ?’, नेता महतोले भने ।


उनले थारुहरु माथि अन्याय अत्याचार, दमन र शोषण भएको बताए । साथै उनले कांग्रेस र कम्युनिष्ट सरकारले सांसद रेशम चौधरीलाई जेलमा होलेको पनि बताए ।
नेता महतोले भने–‘अरे अन्याय पनि तिमीले गर्ने, कसको सरकार, कम्यूनिष्ट पार्टीको सरकार होइन ? जेलमा हालेको कले हो ? जेलमा हाल्ने कम्यूनिष्ट पार्टी होइन रेशम चौधरीलाई ? लक्ष्मण थारुमाथि मुद्धा लगाउने यहि कम्युनिष्ट, कांग्रेस न हो । अनि त्यही पार्टीमा बस कल्याण हुन्छ ?’
थारुहरुले कांग्रेस कम्युनिष्ट पार्टीलाई भोट दिएर सरकार बनाइ दिने तर उसको बदलामा जेलमा बस्नु पर्ने नेता महतोले भने ।
‘त्यही पार्टीलाई भोट देउ, सरकार बनाई देउ अनि त्यले तिमीलाई जेलमा राख्छ, गोली चलाउछ, कंगाल बनाई दिन्छ अनि त्यही पार्टीमा बस्ने ? यस्तोमा थारुहरुको कल्याण हुन्छ ?’, उनले प्रश्न गरे ।
उनले यस्तो कमजोर मनस्थितिबाट देश पनि नचल्ने र अधिकार पाउनेहरुले अधिकार पनि पाउँदैन न त पहिचान नै पाउँने बताए ।
यसका साथै नेता महतोले सरकारले मधेश थरुहटमा गोली चलाएर, जेलमा राखेर संविधानको घोषणा गरेको औँल्याए । कार्यक्रमलाई सम्बोधनकै क्रममा नेता महतोले भने–‘यो संविधान बनाउने को त ? जुन संविधानका लागि थरुहट आन्दोलन भयो । त्यो संविधान बनाउने को थियो त ? वही कांग्रेस होइन ? अरे कोइराला त्यत्तिबेला थियो सुशिल कोइराला, कांग्रेस पार्टी होइन ? अनि एमाले होइन ? माधव नेपाल केपी शर्मा ओलीले संविधान बनाएको होइन ? अनि माओवादी प्रचण्ड महरा जीले संविधान बनाएको होइन ?’

नेता महतोले नेपाली कांग्रेसका विजय कुमार गच्छदारलाई जन्तु र गद्दारको संज्ञा दिए ।
‘संविधान बनाउने अर्को नामको थारु जन्तु पनि थियो उसको नाउँ केरे…? विजय…विजय पछि त्यसको नाउँ…विजय कुमार गच्छदार होइन नाउँ उसको बदलिएको विजय कुमार गद्दार हो, उसको नाम परिवर्तन भयो किन भने उसले गद्दारी गरे’, नेता महतोले अगाडी भने– ‘कांग्रेस कम्युनिष्ट कोइराला दाहाल गद्दारी त गरे, एउटा थारुको छोरो पनि अधिकारको कुरा ग¥थ्यो त्यो पनि मिल्यो अनि चार जना मिलेर १६ बुँदे सम्झौता गरेर संविधान बनाइ दिएको हैन ?’


यस्तै नेता महतोले दुनियाँका कुनै पनि शक्तिले अब थारुलाई गुलाम बनाउन नसक्ने बताएका छन् । थरुहट थारुवान राष्ट्रिय मोर्चाको फागुन १५ र १६ गते हसुलियमा भएको दुई दिने राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अत्याचार भएका कारण थारु समुदाय आगो नभइ ज्वाला बनिसकेको उल्लेख गर्दै त्यही ज्वालाले टीकापुर विद्रोह निम्त्याएको बताए । ‘टीकापुर घटना होइन’, पूर्वमन्त्रीसमेत रहेका नेता महतोले भने । ‘त्यो थारु समुदायको विद्रोह हो ।’

अधिकारका लागि यो देशमा अन्तिम लडाई लड्न बाँकी रहेको उल्लेख गर्दै नेता महतोले थारु समुदायले अधिकार माग्नु के अपराध हो, भनेर प्रश्न गरे । ‘अरे, थारु समुदायले पहिचान र अधिकार माग्नु अपराध हो भने १७ हजार मान्छे मारेका प्रचण्डले किन जेल बस्नु पर्दैन ?’ महतोले भने । ‘अधिकार माग्दा रेशम चौधरी, लक्ष्मण चौधरी जेल बस्नु पर्ने, १७ हजार मान्छे मारेका प्रचण्ड प्रधानमन्त्री बन्ने, यो कस्तो व्यवस्था हो, कस्तो संविधान हो ?’


टीकापुर आन्दोलनमा षडयन्त्र गरिएपछि दुःखद् घटना घटेको नेता महतोको भनाइ थियो । उनले थारु समुदायले उठाउँदै आएको माग, मुद्दामा आफ्नो पूर्ण साथ समर्थन रहेको बताए । उनले नेपालमा पापको घरा भरिएको र त्यो भरेपछि विष्फोट हुने गरेको उल्लख गरे 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

26 Shares
Tweet
Share26
Share
Pin