धनगढी उप–महानगरपालिका, न्यायीक समितिले सोमबार नगरका भलमान्सा
तथा धार्मिक अगुवाहरु संग प्रचलित कानुनी ब्यबस्थाका बारेमा अन्तरक्रिया
सम्पन्न गरेको छ ।
न्यायीक समितिलाई सम्पादन गर्नमा सहयोग पुगाेस भनेर भलमान्सा तथा
धार्मिक अगुवाहरु संग अन्तरक्रिया गरिएको हो । धनगढी
उप–महानगरपालिकाका उप–प्रमुख तथा न्यायीक समितिका संयोजक सुशीला
मिश्रा भट्टले अहिले पनि समाजमा भलमान्सा तथा धार्मिक अगुवाहरु प्रतिको विश्वास
रहेको बताईन । भलमान्सा तथा धार्मिक अगुवाहरुले प्रचलित कानुनका बारेमा
जानकारी गराउन सकेमा समाजमा हुने सानातिना बिवाद र झै झगडाहरुको
उनिहरुले नै कानुनी बाटोबाट समाधान गर्न सक्दछन् उप–प्रमुख भट्टले
भनिन्, ‘त्यसैले वहाँहरु संग अन्तरक्रिया राखेका हौं ।’
उप–प्रमुख भट्टले सामाजिक कानुनमा टेकेर सामाजिक अगुवाहरुबाट खोजिने
समाधानका कारण कतिपय बिवाद र प्रचलित कानुनी प्रावधानमा टेकेर सम्पादन
गर्न खोज्दा समस्या हुने गरेको बताईन् । उनले भनिन् यो अन्तरक्रियाले आगामी दिनमा न्याय सम्पादनमा सजिलो बनाउने छ ।
कार्यक्रममा बोल्दै धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय
अधिकृत हरीबहादुर चन्दले संविधानले नै स्थानीय सरकारलाई न्यायीक
अधिकार दिएको बताए । उनले भने, समाजमा हुने बिवाद समाधानका लागि
न्यायीक समितिले भलमान्सा तथा धार्मिक अगुवाहरु संग राम्रो अन्तरक्रिया
गरेको छ ।
कार्यक्रममा धनगढी उप–महानगरपालिकाका कानुनी सल्लाहकार भरतबहादुर
सिंहले सहजीकरण गरेका थिए ।