सुदूरपश्चिममा रोपाई सुरु हुँदा पनि किसानहरुले मल नपाएको गुनासो गरेको छन्। प्रत्यक वर्ष जस्तै यस वर्ष पनि सुदूरपश्चिका किसानहरुले समयमा मल नपाएका हुन्। प्रदेशका अधिकासं स्थानमा रोपाई सुरु भएपनि मल आपूर्तिमा ढिलाई भईरहेको छ। जसकारण उत्पादन घट्ने चिन्ता किसानहरुमा छ।
‘धान रोपेको एक हप्ताकै हाराहारीमा मल हाल्नु पर्ने भएपनि उपलब्ध नहुँदा समस्या भईरहेको छ,’ कैलालीका किसान घुमन रानाले भने, ‘मल नै नभएपछि उत्पादन कसरी बढाउने भन्नेमा चिन्ता लागेको छ।’ कृषि सामाग्री कम्पनी लिमिटेडले विभिन्न सहकारीहरुलाई मल वितरण गरेको भएपनि किसानहरुले भने पाउन मुस्किल भईरहेको गुनासो गरिएको छ।
किसानका समस्या समाधानमा सरकार गम्भिर नबनेको गुनासो कैलालीकै अर्का किसान मेदनु चौधरीको छ। ‘किसानका समस्या समाधानमा सरकार उदासिन बनेको छ’, उनले भने, ‘सरकारकै उदासिनताका कारण मल पाउनका लागि पनि अन्दोलन गर्नु पर्ने अवस्था सिर्जना भएको छ।’
यता प्रदेशमा मल आपूर्ति गर्दै आएको कृषि सामाग्री कम्पनी लिमिटेडसंग डिएपी मलको मौज्दात शून्य रहको छ। रोपाईको सिजनामा डिएपी नै आवश्यक पर्ने भएपनि मौज्दात भने शुन्य रहेको हो। केही मात्रामा पोटास भएपनि अन्य मलको मौज्दात नरहेको कृषि समाग्री कम्पनी लिमिडेट धनगढीका प्रमुख नवलसिंह वोगटीले बताए।