बलिउड अभिनेता अक्षय कुमार कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका छन्।
ट्विटरमा अक्षयले भनेका छन्,‘मेरो अवस्था ठिक छ तर डाक्टरको सल्लाहमा म अस्पताल भर्ना भएको छु। मलाई विश्वास छ म चाँडै घर फर्किनेछु।’
आइतबार मात्र उनले इन्स्टाग्राममा कोरोना भाइरस संक्रमित भएको जानकारी दिएका थिए।
उनले भनेका थिए,‘म कोरोना संक्रमित भएको छु। सबै नियमको पालना गर्दै मैले आफैलाई आइसोलेट गरेको छु। घरमै क्वारेन्टिनमा बसेको मैले आवश्यक औषधि लिइरहेको छु।’