१४ श्रावण २०७८, बिहीबार
बि प्लस नेपाल

`मयत प्रेम करंगो तुम्से’ का रानाथारु कलाकार तथा प्राविधिक समुहलाई सम्मान ….

बि. प्लस न्युज डेस्क ३ बैशाख २०७८, शुक्रबार
`मयत प्रेम करंगो तुम्से’ का रानाथारु कलाकार तथा प्राविधिक समुहलाई सम्मान ….

राष्ट्रिय थारू कलाकार मञ्च केन्द्रिय कार्यालयले रानाथारू कलाकारलाई सम्मान गरेको छ ।
धनगढीमा एक कार्यक्रम आयोजना गरि राना थारू भाषाको म्युजिक भिडियो ‘मयत प्रेम करंगो तुमसे’ का कलाकारहरुलाई सम्मान पत्र तथा खादा ओढाएर सम्मान गरिएको हो । थारू चलचित्र जगतमा राना समुदायको भाषा, कला, संस्कृति गीत संगीत मार्फत संरक्षण सम्वद्र्धनमा योगदान पुर्‍‍बयाएको भन्दै कलाकारहरुलाई सम्मान गरिएको मञ्चका केन्द्रिय अध्यक्ष विनय वैद्यले बताए ।
मञ्चले म्युजिक भिडियोका मोडल दशरथ राना, सरस्वती राना, गायक अमरसिंह राना, निर्देशक सुधराम दहित र सिएस प्रालिका प्रवन्धक सतिस सिन्हालाई सम्मान गरेको हो ।
गायिका अन्नु चौधरी, सुवेश कठरिया, गणेश चौधरी लगायत कलाकारलाई पनि सम्मान गरिने मञ्चका अध्यक्ष वैद्यले बताए ।
कार्यक्रममा मञ्चका केन्द्रिय सदस्य तथा मोडल बीर चौधरी, मञ्चका सुदूरपश्चिम प्रदेश संयोजक तथा नायक संगत चौधरी, निर्देशक सुधराम दहितले शुभकामना मनतब्य राखेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

सुरज राना

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

521 Shares
Tweet
Share521
Share
Pin