११ असार २०७८, शुक्रबार
बि प्लस नेपाल

रानाथारु समुदायबाट पहिलो मन्त्री बन्दै इतिहास बनाउने को हुन नारदमुनी राना ?

बि. प्लस न्युज डेस्क २७ जेष्ठ २०७८, बिहीबार
रानाथारु समुदायबाट पहिलो मन्त्री बन्दै इतिहास बनाउने को हुन नारदमुनी राना ?

कैलाली कंचनपुरका मुख्य आदिबासीका रुपमा परिचित रानाथारु समुदायबाट देशले प्रशासन चलाउने मन्त्री पाएको छ । नेपालकै आदिवासी भुमिपुत्र रानाथारू समुदायबाट गणतन्त्र नेपालको पहिलो निर्बाचित र देशकै उच्च पदमा पुग्ने भाग्यमानी नेता बन्नु भएको छ नारदमुनी राना।

सोही समुदायबाट यश अघि २०३८ मा रास्टृय पन्चायत सदस्यमा मनोनित लबरु रानाथारु २०४२ मा भुमिसुधार राज्यमन्त्री बनिसक्नु भएको छ । गत चुनावमा पुर्ब प्रधानमन्त्री देउवा पत्नी आर्जुलाइ झण्डै ५००० मतले पराजित गरि रानाथारु समुदायबाट उहाँ एक मात्र संसद बन्नुभएको थियो । स्मरण रहोस सो समुदायको कैयौं बर्ष देखिको माग नारदमुनी रानाकै विशेष पहलमा २०७६ माघमा रानाथारुलाइ जातिलाइ नेपाल सरकारले नेपालको आदिवासी सुचिमा समाबेश गरेको छ ।

बि.सं.२०२९ मा आमा सुदामा देबि राना र बुवा स्व.रत्ति राम रानाथारुको जेठो छोराको रुपमा धनगढी उ.म.न.पा.८, धनगढी गाउँमा जन्मिनुभएका राना बचपनमा बिहानै आँहा तातत् गर्दै खेत जोतेर विद्यालय जाने गर्नुहुन्थ्यो । समान्य किसान परिवारमा जन्मिनुभएका राना राजनीतिशास्त्रमा स्नातकोत्तर सम्मको औपचारिक अध्य्यन गर्नु भएको छ साथै कानुनमा समेत स्नातक अध्ययन गर्नुभएको छ । क्याम्पस पढ्ने उमेर देखि नै बि.सं. २०४५ देखि कम्युनिस्ट कित्ताबाट प्रत्यक्ष राजनीतिमा थाल्नुभएको थियो ।

विद्यार्थी राजनीति सँगै बि.सं.२०५४ मा उहाँ धनगढी नगरपालिका को उपमेयरमा निर्बाचित हुनुभयो । त्यसपछि बि.सं.२०६४ मा समानुपातिक बाट सभासद बन्नुभएको थियो । बि.सं.२०७४ काे चुनावमा प्रत्यक्ष उम्मेदवार भइ निकै बलियो मानिएकी पुर्ब प्रधानमन्त्री पत्नी आरजु देउवालाई लगभग ५ हजार मतले पछि पारी बिजय हुनुभएको थियो ।

९ वर्ष शिबनगर खानेपानी , ९ महिना सेती अन्चल अस्पतालको अध्यक्ष भएकै समय देखि नै बिकास प्रेमिका रुपमा परिचीत युवा नेता नारदमुनी राना सुदुरपस्चिमकै प्रभावशाली नेता मानिन्छन । चुनाव पश्चात् मन्त्रीमण्डल गठनका बेला पटकपटक राना मन्त्री हुने चर्चा मात्रै चल्नेगरेको थियो यसपालि बिघटित संसदको मन्त्री मण्डलमा उहाँको भाग्य जुरेको छ । प्रधानमन्त्री केपि ओलि निकट मानिने राना सरकारको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ । सपथ आज बेलुका ४ बजे हुने भनिएको छ ।

  • 4.6K
  •  
  •  
  •  
  •  
  •  
  •  
    4.6K
    Shares
  •  
    4.6K
    Shares
  • 4.6K
  •  
  •  
  •  
  •  
सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

सुरज राना

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल