१४ श्रावण २०७८, बिहीबार
बि प्लस नेपाल

गौरीगंगाका किसानले मनाए हरेरी पुजा

बि. प्लस न्युज डेस्क ३१ असार २०७८, बिहीबार
गौरीगंगाका किसानले मनाए  हरेरी पुजा

गौरीगंगा नगरपालिका–१०, नुकलीपुरका किसानहरुले बिहीबार हरेरी पुजा मनाएका छन् ।नुकलीपुर गाउँका देशन्ध्या गुरुवा कालुराम डंगौरा र केसौका गोपालदास चौधरीले विधिवत हरेरी पुजा गरेका थिए । थारु समुदायले खेतबारीमा कीरा नलागोस् र धान उत्पादन राम्रो होस् भन्ने उद्देश्यल हरेरी पूजा पुज्ने गरिन्छ ।


धान रोपाइँको काम सकिएर खेतबारी हरियाली भएका बेला धानमा विषालु कीरा नलागोस् र धान उत्पादन राम्रो होस् भनेर थारु समुदायले हरेर वर्ष हरेरी पूजा पुज्ने गाउँका भलमन्सा हिंगुराम चौधरीले बताए । गाउँको देशबन्ध्या गुरुवा (ठूला गुरुवा) को सहयोगमा गरिने सो पूजापछि खेतबारीमा कीरा नलाग्ने र धान राम्रो उत्पादन हुने थारु समुदायमा बिश्वास रहदै आएको छ ।

उहिले भगवान शिव पार्वतीले पनि खेती किसानीको काम गर्ने गरेको र खेतको हरियाली धान देखेर मोहित भएका शिव भगवान घर आउन पत्तो पाउँदैनथे । त्यस्तो भएपछि पार्वती घरमा कुर्दा कुर्दै हैरान हुन्थिन् । शिव छिटै खेतबाट घर आउन् भनेर पार्वतीले खेतमा कीरा लगाएर शिवलाई निराश बनाएकी थिइन् ।


खेतमा लाग्ने पानीको मुहानमा शुद्ध गाईको दूधको धार चढाउनाले खेतका कीराहरू नष्ट हुने र खेती पुनः हरियाली हुने उपाय पार्वतीले सुझाएपछि शिवले त्यसै गरे । खेत नराम्रो भएपछि शिव भगवान छिटै खेतबाट घर आउने गर्थे । तर, शिवको निराशा देखेर पार्वतीले छिटै खेतबाट घर आउने वाचा गराएर खेतलाई पुनः हरियाली बनाइदिने बताएकी थिइन् ।

त्यसपछि फेरि खेतमा हरियाली कायम भएको किम्वदन्ती छ । यही किम्वदन्ती अनुसार थारू गाउँमा गुरुवाको सहयोगमा शिव पार्वतीलाई सम्झेर पूजापाठ गर्ने र खेतबारीमा कीरा फट्याङ्ग्रा नलागून् भन्ने कामना गर्दै हरेरी पुजा पुज्ने गरिन्छ ।
संस्कृतिका धनी आदिवासी थारूको सामूहिक रुपमा गरिने चार पूजा (धुरिया पूजा, हरेरी पूजा, लवाङ्गी पूजा, निकासी पूजा) मध्ये हरेरी पूजा एक महत्वपूर्ण पूजा मानिन्छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

सुरज राना

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin