१४ श्रावण २०७८, बिहीबार
बि प्लस नेपाल

प्रधानमन्त्रीले आजै विश्वासको मत लिनु हुँदै

बि. प्लस न्युज डेस्क ३ श्रावण २०७८, आईतवार
प्रधानमन्त्रीले आजै विश्वासको मत लिनु हुँदै

 प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिदै हुनुहुन्छ । आज  अपरान्ह ४ बजे बस्न बोलाइएको प्रतिनिधिसधा संसद अधिवेशनमा विश्वासको मत लिन लाग्नुभएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

गत जेठ ८ गते विघटित प्रतिनिधिसभा असार २८ गतेको सर्वोच्च अदालतको फैसलाले पुर्नस्थापित गरेको थियो । असार २९ गते राष्ट्रपतिबाट पदभार तथा गोपनीयताको सपथ लिनुभएको प्रधानमन्त्री देउवाले आज पहिलो पटक बस्न लागिएको प्रतिनिधिसभा संसदमा नै विश्वासको मत लिन लाग्नुभएको हाे ।

विश्वासको मत लिन देउवालाई १ सय ३६ मत आवश्यक पर्छ । प्रतिनिधिसभामा कांग्रेसको ६१, माओवादी केन्द्रको ४८ (सभामुख बाहेक), एमालेको १२१ (माधव नेपाल पक्ष–२३ ), जसपा ३२ (उपेन्द्र यादव पक्ष–१९) तथा जनमोर्चा, नेमकिपा र राप्रपाको एक–एक मत छ ।

प्रधानमन्त्री देउवाले लिन लाग्नुभएको विश्वासको मतको प्रस्ताव कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुख अग्निप्रसाद सापकोटामार्फत संसद सचिवालयमा समेत दर्ता भइसकेको पनि उहाँले बताउनुभउको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

सुरज राना

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin