१० आश्विन २०७८, आईतवार
बि प्लस नेपाल

पुनर्वास नगरपालिकामा सयुक्त रुपमा रानाथारु भुइयाँ उद्धघाटन

बि. प्लस न्युज डेस्क २९ भाद्र २०७८, मंगलवार
पुनर्वास नगरपालिकामा सयुक्त रुपमा रानाथारु भुइयाँ उद्धघाटन

कञ्चनपरको पुनर्वास नगरपालिका रहेका रानाथारु गाँउमा भुइयाँ को सयक्त रुपमा उद्घाटन भएको छ । नगरपालिकामा रहेका १२ गाँउको भुइयाँ निरक्षण गरी एक कार्यक्रमका बीच प्रमुख अतिथि प्रदेश सभा सदस्य तारा लामा तामाङ्गले गरे ।

भुइयाँ रानाथारुको गाँउ भरीको देउता हो यसले गाँउको रक्षा गर्छ । यसको संरक्षण गर्न हाम्रो दायित्व यसका साथै हामीले सबै समुदायलाई समान रुपमा विकास गर्नु पर्छ वडा नं. ८ का अध्यक्ष श्रवण रानाले बताए ।कार्यक्रमा बोल्दै वडा नं. १० का अध्यक्ष सुकदेव रानाले रानाथारु नगर प्रमुख सँग समुदायमा रहेको भल्मन्सा प्रथाका साथै गाँउका चाकर लाई पनि विशेष भत्ताको ब्यवस्था हुनुपर्ने माग गरे ।


कार्यक्रमका विशिष्ट अतिथि तथा पुनर्वास नगरपालिका प्रमुख जीवन थापाले आफू रानाथारु समुदायको ब्यक्ति नभए पनि रानाथारु समुदायमै हुर्केको र रानाथारु समुदाय नजिकवाट बुझेको बताए । रानाथारु भल्मन्सा लाई सब भन्दा पहिले ५००० को भत्ताको हाम्रो नगरपालिका सुरुवात गरेको अगामी दिनमा यसलाई बढाउने प्रतिबद्ता गरे ।


राजनीति भन्दा समुदाय माथि रहेको त्यसैले सबै राजनीतिक दल मिलेर समाज निर्माण लाग्नु पर्ने रानाथारु अगुवा तथा रानाथारु उत्थान समन्वय मंचका अध्यक्ष धोखे राम रानाले बताए ।


रानाथारु समुदाय प्रकृति पुजारी समुदाय हो । यस समुदायको विकास गर्न, संस्कृति संरक्षण गर्न सहयोग गर्ने सबै निकाय र संस्थालाई धन्यवाद दिदै भुइयाँ निमार्णका लागि माननिय तारा लामा तामाङ्ग को संसद विकासबाट १८ लाख सहयोग आएको रानाथारु भुइयाँ निर्माण समितिका अध्यक्ष बहाली रानाले बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

सुरज राना

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

126 Shares
Tweet
Share126
Share
Pin