१३ बैशाख २०८१, बिहीबार
बि प्लस नेपाल

उद्घाटन अगावै आगलागीबाट पुर्णक्षति भएको आलोक मल्टी कन्सर्न पुनः संचालनको तयारीमा

खबर सम्बाददाता १३ आश्विन २०७८, बुधबार
उद्घाटन अगावै आगलागीबाट पुर्णक्षति भएको आलोक मल्टी कन्सर्न पुनः संचालनको तयारीमा

 उद्घाटन अगावै आगलागीबाट पुर्ण क्षति भएको धनगढीस्थित चटकपुरमा रहेको आलोक मल्टी कन्सर्न प्रालि पुन: संचालनमा आउने अन्तिम तयारीमा रहेको छ ।

गत चैत पहिलो सातामा सावाँ पाँच करोड लगानीमा आलोक मल्टी कन्सर्न उद्योग संचालनमा हुने तयारी रहेका बेला फाल्गुन २२ गते शनिबार एक्कासि उद्योगमा आगलागी हुँदा पुर्ण रुपमा ध्वस्त भएको थियो । झण्डै पौने पाँच करोडको नोक्सान भएको थियो ।

आगलागीबाट पुर्णरुपमा ध्वस्त भएको आलोक कन्सर्न प्रालीलाई जनस्तरबाटै आर्थिक सहयोग र उद्योग संचालनमा आउन्जेलसम्म सहुलियत रुपमा विभिन्न ब्यक्तिको आर्थिक रकम सहयोगबाट तत्कालै उद्योग संचालनमा ल्याएर उत्पादन सुरु गरेको थियो । आलोक मल्टी कन्सर्नको सोरुम भने दशै तिहारको बिचमा संचालनको तयारी रहेको संचालक भोजराज भट्टले बताए ।

आगलागी भएपछि आलोक मल्टी कन्सर्न प्रालिले ब्यवस्थित रुपले तीन वटा छुट्टाछुट्टै भवन निर्माण गरेर संचालनमा ल्याउने तयारी गरेको छ । अगाडिको भवनमा आलोक मल्टी कन्सर्न प्रालिको सोरुम ,पछाडीका दुई भवनमा गोदाम र उद्योग रहेको छ । झण्डै ९ करोड लागतमा पुनः संचालनको तयारीमा रहेको संचालक भट्टले बताए ।

भारत तथा अन्य देशबाट आयातित हाउस डेकुरेसन सामाग्री अब धनगढीमै सस्तो,गुणस्तरीय तथा अत्याधुनिक घर निर्माणपछिका आवश्यक पर्ने फर्निचर,फर्निसिगं, किचनका डेकुरेसन,इन्टेरियर डेकुरेटका सामाग्री उत्पादित गर्ने उदेश्य रहेको संचालक भट्टले बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin