१७ मंसिर २०७८, शुक्रबार
बि प्लस नेपाल

तटीय क्षेत्रमा जोखिम,कर्णाली नदीमा बाढीले खतराको तह नाघ्यो

बि. प्लस न्युज डेस्क २ कार्तिक २०७८, मंगलवार
तटीय क्षेत्रमा जोखिम,कर्णाली नदीमा बाढीले खतराको तह नाघ्यो

बेमौसमी वर्षाका कारण कर्णाली नदीमा मंगलबार बिहान ९ः०० बजे खतराको तह नाघेको छ । कर्णाली चिसापानीका गेज रिडर पार्वती गुरुङका अनुसार मंगलबार विहान ९ बजे नदीको बाढी ११ मिटर २० सेन्टिमिटर पुगेको छ । कर्णाली नदीको सतह ११ मिटर पार गर्नुलाई खतराको तह मानिन्छ । यस वर्ष वर्षामा पनि कर्णालीको सतह ९ मिटर ८० सेन्टिमिटर मात्रै पुगेको थियो ।
कर्णालीमा बाढी बढ्दा दक्षिणका तटीय क्षेत्रहरु टीकापुर नगरपालिका र जानकी गाउँपालिका भूभागमा जोखिम बढने गरेको छ । टीकापुर नगरपालिका वडा नं ५ शाहीपुरका बडघर चन्द्र रोकामगरले कर्णाली नदीले शाहीपुरमा निर्माणाधीन तटबन्धमा कटान शुरु गरेको जानकारी दिएका छन ।
जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरिया कैलालीमा पछिल्लो २४ घण्टामा १४० मिलिमिटर वर्षा मापन गरेको मौसम विज्ञान सहायक सिंगल चौधरीले जानकारी दिनुभयो । कैलालीमा असोज १९ गतेसम्म पानी परिरहेको थियो भने १० दिनपछि असोज ३१ गते फेरि पानी पर्न थालेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद मञ्जु बास्की सुदूरपश्चिम प्रदेशमा कात्तिक ३ गते बुधबारसम्म वर्षा जारी रहने पूर्वानुमान रहेको बताउनुहुन्छ । बंगालको खाडीबाट न्यूनचापीय प्रणाली उत्तरतिर सर्दै गरेको र पश्चिमी वायू प्रणालीको सयुक्त प्रभावका कारण नेपालमा मौसम प्रभावित भएको उहाँको भनाई छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

सुरज राना

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin