१३ बैशाख २०८१, बिहीबार
बि प्लस नेपाल

दाइजो कृषि सहकारी संस्था लि.को १०औं वार्षिक साधारण सभा सम्पन्न चौथो अधिवेशनबाट निर्विरोध निर्वाचित राना

खबर सम्बाददाता ११ मंसिर २०७८, शनिबार
दाइजो कृषि सहकारी संस्था लि.को १०औं वार्षिक साधारण सभा सम्पन्न चौथो अधिवेशनबाट निर्विरोध निर्वाचित राना

सुरज राना धनगढी-

कैलाली ,धनगढी उप-महानगरपालिका वडा न. ०७ स्थित पशुपति शिक्षा मन्दिरको प्राङ्गणमा आज २०७८ मङ्सिर ११ गते दाइजो कृषि सहकारी संस्था लि.को आयोजनामा १०औं वाषिर्क साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि भौतिक पुर्वाधार मन्त्रालय सुदुरपश्चिम प्रदेशका माननीय मन्त्री दीर्घ सोडारी ,बिशिस्ट अतिथी धनगढी उप- महानगरपालिकाका सहकारी शाखा प्रमुख हरी सिंह साउद , अतिथि देवरिया वन उपभोक्त समुहका अध्यक्ष शारदा प्रशाद राना ,अतिथि धनगढी ०७ का पुर्ब वडा अध्यक्ष कालीराम राना र सम्पुर्ण अतिथि , दाइजो कृषि सहकारी संस्था लि. कि अध्यक्ष चन्द किरण रानाको अध्यक्षतामा र सम्पुर्ण शेयर सदस्यको उपस्तिथिमा कार्यक्रम भएको थियो ।कार्यक्रमको उद्घाटन प्रमुख अतिथि र सभापतीले पनासमा दिप प्रज्वलन गरी १०औ वार्षिक साधारण सभा र चौथो अधिवेशनको उद्घाटन गरेका थिए ।

वर्ष भरीको आयव्ययको प्रतिवेदन प्रस्तुत गर्नेछौ । प्रतिवेदन प्रस्तुत गरेको के कति आयो त्यो राम्ररी बुझेर जानुपर्छ र सबै शेयर सदस्य अतिथि आइदिनु भएकोमा सबैलाई स्वागत गर्दै
पुर्व वडा अध्यक्ष र दाइजो कृषि सहकारी संस्था लि. का सल्लाहकार सदस्य कालीराम रानाले स्वागत मन्तव्य दिएका थिए ।

नवौं वार्षिक साधारण सभामा महिला १३१ , पुरुष ३४१ गरि जम्मा ४७२ शेयर सदस्य थिए तर अहिले महिला १७२,पुरुष ३५८ गरी ५३० शेयर सदस्यहरुको वृद्धि गरेका छौ । संस्थाको शेयर पूजी रु. ४४६७००० ऋण लगानी गरि रु. २१०४६१४९।५१ र बचत रु ३३६७८४०२।६६ रहेको छ भनेर ०७७/०७८ को वर्षिक प्रतिवेदन दाइजो कृषि सहकारी संस्था लि. कि अध्यक्ष चन्द किरण रानाले प्रस्तुत गरेकी छिन ।

लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा संयोजक पुरन रानाले प्रस्तुत गरेका थिए ।

यस वर्षको पूजी जम्मा रु ४१७५४९९२।९३ र आगामी वर्ष पूजीको लक्ष्य रु ५६३६२१४०।६८ रहेको छ । यस वर्षको जम्मा आम्दानी रु. ४२२६६३५।५४ र आगामी वर्ष आम्दानीको लक्ष्य रु ५९५३०४० बराबर रहेको छ भनेर अनुमानित आयव्यय प्रतिवेदन ब्यवस्थापक बासुदेव रानाले प्रस्तुत गरेका थिए ।

बाल अवस्थाबाट युवा अवस्थामा सहकारी जदैछ ।
आफ्नो सहकारीमा के कस्तो उन्नति प्रगति भैरहेको छ भनेर सबै शेयर सदस्यहरुले बुझ्न जरुरी छ । हामीले आफ्नो सहकारीबाट चुहावट गर्न दिनु हुन्न । हामी तपाईंको साथमा रहनेछौ यो सहकारीलाई पनि हामीले सहयोग गर्नेछौ भनेर प्रमुख अतिथि भौतिक पुर्वाधार मन्त्रालय सुदुरपश्चिम प्रदेशका माननीय मन्त्री दीर्घ बा. सोडारीले बताएका छन ।

कार्यक्रममा सम्मानित ब्यक्तिको नाम
बिशाल राना, बाल कृष्ण राना,पृथ्वी राना , सर्जु राना , पार्वती डगौरा थारु , सियाराम राना, सुनिता चौधरी राना , भजन रानाथारु ,कल्पना देवी राना , चैता राम राना , सिठ्ठु राना ,कृष्ण कुमार राना, जगत राम राना ,दामोदर साहु , जयलाल राना , लाल बहादुर राना कार्यक्रममा सम्मानित भएका थिए ।

उत्कृष्ट बचतमा श्याम राना सम्मानित भएका थिए ।

धनगढी ०७ को मात्र नभएर सुदुरपश्चिम प्रदेशको नमुना सहकारी बन्न सफल होस भन्ने आशा गर्दछु । सुदुरपश्चिम सरकारले आउने दिनमा दाइजो कृषि सहकारीको नाममा बिकासको योजाना पनि बनाओस भनेर दाइजो कृषि सहकारी संस्था लि. का सहयोगी सल्लाहकार दीर्घराज जोशी ले बताएका छ्न ।

यो सहकारी छोटो समयमा फड्को मर्न सफल भएकोमा सबै पदाधिकारी र सबै शेयर सदस्यमा धन्यवाद दिन चहान्छु ।
गत वर्ष यो सहकारी घाटामा चलिरहेको थियो तर यस वर्ष फाइदामा चलेको छ । यदि संस्था मार्फत काम गरेमा संस्थालाई नै फाइदा हुन्छ भनेर सबै शेयर सदस्यलाई बुझ्न जरुरी छ भनेर धनगढी उप- महानगरपालिकाका सहकारी शाखा प्रमुख हरी सिंह साउदले बताएका छ्न ।

पहिले खाद- मलको लागि बनाएको सहकारीले ४ करोडको कार्य गरिरहेको छौ भनी दाइजो कृषि सहकारी संस्था लि. कि अध्यक्ष चन्द किरण रानाले औपचारिक कार्यक्रम समापनको घोषणा गरेकी थिइन ।

नयाँ कार्यसमिति

दाइजो कृषि सहकारी संस्था लि. को चौथो अधिवेशनमा नयाँ कार्यसमितिका सम्पुर्ण पदाधिकारी निर्बिरोध निर्वाचित भएका छ्न ।
अध्यक्ष- मान बहादुर राना
उपाध्यक्ष -कौशिल्ला राना
सचिव – दिपक राज जोशी
सदस्य-राम औतर राना
सदस्य-भागिराम राना
सदस्य-लालमती राना
सदस्य-कालीराम राना
सदस्य-सिताराम राना
सदस्य-सरिता चौधरी
सदस्य- भगीरथ राना
लेखा समिती
संयोजक -राम गोपाल रानाथारु
सदस्य-मनिषा राना
सदस्य-निर्मला चौधरी राना को नयाँ कार्यसमिति चयन भएको छ । आजै नयाँ कार्यसमितिले सपथ ग्रहण पनि गरेको भनेर निर्वाचन समितिका संयोजक कृष्ण प्रशद सुवेदीले बताएका छन ।

आजको कार्यक्रम सञ्चालन दिपक राज जोशीले गरेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin