कंचनपुरको लालझाडी गाउँपालिका वडा न २ मा चिसोले बच्नको लागि १२५ जना जेष्ठ नागरिक ,एकल महिला,पुर्ण अपांग ,अति आशक्त अपांग ,दलित बालबालिका ,र टुहुरा बालबालिकालाई कम्बल (ब्लाङ्केट ) वितरण गरेका छ्न ।
गत वर्ष ७० वर्षभन्दा माथिका वृद्धहरुलाई ब्लाङ्केट वितरण गरेका थियौ तर यस वर्ष जेष्ठ नागरिक ,एकल महिला,पुर्ण अपांग ,अति आशक्त अपांग ,दलित बालबालिका ,र टुहुरा बालबालिकालाई ब्लाङ्केट वितरण गरेका छौ । यस वडा भित्र बसोबास गर्ने सबै नागरिकले चिसोबाट बच्न न्यानो कपडा लगाउन र चिसोबाट बच्नको लागि पनि अनुरोध छ भनेर लालझाडी गाउँपालिका वडा न. ०२ का वडा अध्यक्ष हेमराज रानाले बताएका छ्न ।