कैलालीको अत्तरियामा माघ २७ गते देखि लाग्ने भनिएको सुदूरपश्चिम प्रादेशिक महोत्सव स्थगित भएको छ । महाेत्सव स्थगित हुँदा आयोजक अत्तरिया उद्योग वाणिज्य संघ लाइ १५ लाख घाटा व्यहोर्नु पर्ने भएको हो ।
कोरोना महामारीको कारण देखाउँदै महाेत्सव स्थगित गरिएका्े छ । अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले ”उद्घाटनको अन्तिम चरणमा आएर महोत्सव स्थगित गर्नुपरेको छ । सङ्घीय सरकारका पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले बाट उद्घाटन गर्ने तयारी भएको महाेत्सव यद्धपी कोरोनाको तेस्रो भेरीयन्टलाई मध्यनजर गर्दै महोत्सव स्थगित गरेका छौँ । यसबाट १५ लाख बराबर घाट हुने देखिएको छ ।” उनले बताए ।
हामी स्वास्थ्य मापदण्डका नियमहरू सबै पालन गर्छौँ । एउटा हेल्थ डेस्क राखेर स्वास्थ्य कर्मी सहितको व्यवस्था गर्छौ । भनी आग्रह गर्दा पनि स्थानीय प्रशासनले खासै चासो दिएन । अन्य स्थानमा महोत्सव चलिरहेका छन् । गएकाे अाइतबार मात्रै चितवनमा देशै ठुलो महोत्सव उद्घाटन भएको छ । यद्धपी कैलाली प्रशासनले तपाईँहरू संस्थागत फाइदा र पैसा मात्रै हेर्नु हुन्छ ? स्वास्थ्यको ख्याल गर्न हुन्न भन्नेकुराहरु आए पछि घाटा बेहोरेर पनि महोत्सव स्थगित गरेका छौँ ।” उनले बताए।
कोरोना महामारी बढ्दै गएकाले महोत्सव कोरोना फैलाउने स्थल नबनोस् र उद्योग वाणिज्य संघ कोरोना फैलाउने कारण बन्यो भन्ने नपरोस् भन्नको निम्ति जनस्वास्थ्यको ख्याल गर्दै स्थगित गरिएको देवकोटाको भनाई थियो ।