काठमाडौं / नेपाल परिवार दलले अगामि बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा सहभागिता जनाउने भएको छ । दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा मङलबार बसेको केन्द्रीय कार्य समितिको बैठकले आगामी बैशाख ३० गते हुन गईरहेको आसन्न स्थानिय निर्वाचनमा दलको आप्नै चुनाब चिन्न सहित निर्बाचनमा जाने निर्णय गदै निर्बाचन आयोगमा दर्ता भएका तर राष्ट्रिय मान्यता प्राप्त गरिनसकेका सबै दललाई आफ्नै निर्बाचन चिन्हमा चुनाब लडन पाउने ब्यबस्था गर्न सरकार तथा निर्बाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ । बैठकले निष्पक्ष, स्वतन्त्र, धाधली रहित र शान्तिपूर्ण तरिकाले निर्बाचन सम्पन्न गर्ने बाताबरण तयार गर्न सरकार र निर्बाचन आयोगलाई आग्रह समेत गरेका छन ।
बैठकले मुलुकमा बैकल्पीक राजनीतिक शक्तिको आवश्यकता रहेको र त्यसको नेतृत्व नेपाल परिवार दलले गर्नु पर्ने ठहर गर्दै गर्न समान बिचार र एजेन्डा राख्ने दलहरुसँग छलफल गरेर निर्बाचनमा सहकार्य समेत गर्न सकिने निर्णय गरको छ ।बैठकले दलको प्रबतामा दैलेखका रुपसिंह भण्डारीलाई मनोनित गरेको छ भने बरिष्ठ उपाध्यक्षको नेतृत्वमा केन्द्रीय निर्बाचन परिचालन समिति र सातै प्रदेशका प्रदेश संयोजकको नेतृत्वमा प्रदेश स्तरिय स्थानीय निर्बाचन परिचालन समिति गठन गरी दलको उपस्थीत रहको हेरेक स्थानीय तहमा उम्मेदबारी दिने निर्णय समेत गरेको छ । बैठकले डा. साबीत्री न्यौपानेलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेको छ भने केन्द्रिय कार्यालयको सचिबमा हरि जिसीलाइ नियुक्ति गरेको छ।
बैठकमा बोल्दै अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले पुराना राजनैतिक दलहरुको द्वैत चरित्रका कारण मुलुकमा अन्योलता छाएको बताउँदै अब बिकल्पको खोजी गर्ने बेला आएको छ भन्नु भयो। उहाँले परिवार दल उच्च राजनैतिक संस्कार भएको पार्टी हो भन्दै सबै नेता कार्यकर्तालाइ असल काम गरेर जनताको मन जित्न अभिप्रेरित गर्नु भयो। अध्यक्ष ढकालले नेपालका प्रमुख राजनैतिक दलले अब नैतिकताको आधारमा पनि नेपाली जनताको अगाडि भोट माग्न जान नमिल्ने बताउदै परिवार दल विकल्प दिन तयार रहनुपर्ने उल्लेख गर्नु भयो । नेता ढकालले परिवार दलले युवालाइ बिशेष स्थान दिने बताउदै दस हजार युबाहरु पिस फोर्समा आबद्ध गराउने योजना सुनाए। अध्यक्ष ढकालले कोभिड-१९ को महामारीमा विभिन्न सहयोगी संघ/संस्थाको समन्वयनमा परिवार दलले दुइ करोड भन्दा बढी राहत सामग्री सात वटै प्रदेशमा बिपन्न समुदायमा वितरण गरियको जानकारी समेत दिएका छन ।
सबैखाले विभेदको अन्त्य गरौँः सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ’ भन्ने नाराका साथ तेस्रो राष्टिय महाधिबेसन भब्यताका साथ सम्पन्न गरे पश्चात बसेको पहिलो केन्द्रीय समितिको पूर्ण बैठकमा दलका केन्द्रीय सदस्यहरुले पार्टीको स्थानीय स्तरको गतिबिधीहरुको बारेमा रिपोर्ट प्रस्तुत गरेका थिए । बैठक दलका बरिष्ठ उपाध्यक्ष बिनोद डाँगी, उपाध्यक्ष गणेश कुमार श्रेष्ठ, महामन्त्री द्वय सन्तोष कुमार पौडेल र प्रकाश बाबु थापा, सह-महामन्त्रीहरु मिलन कुमारी राजबंशी, मनोज कुमार सुर्खेती, अब्दुल केयुम शाह, अशोक कुमार चौधरीली आ-आफ्नो धारणा राखेका थिए। बैठकमा पिस फोर्स नेपालका अध्यक्ष तथा केन्द्रिय सदस्य रबिन्द्र चौलागाईंले बिगत २ महिनमा मात्र आठ जिल्लामा पिस फोर्स गठन भएको बताए। त्यसैगरी केन्द्रिय सदस्य रामचन्द्र चौधरीले वारा जिल्लामा मात्र हालसालै १३६५ जनाले परिवार दलको सदस्यता लियको विवरण पेश गरे भने सुदुरपश्मिम संयोजक खडग नागरिले कैलाली र कन्चनपुरका धेरै स्थानीय तहमा परिवार दलले संगठन विस्तार गरेको बताए । बैठकमा केन्द्रिय सदस्यहरु डा श्याम नेपाल, शिबकृष्ण श्रेष्ठ, सन्त बहादुर पन्त, बुद्धिमाया पुन, खिल बहादुर गुरुङ, बिष्णु कुमारी बिक, लाल बिक्रम थापा, पिया रत्न महर्जन, जानकी गुरुङ, हरि खत्री, राजेश बिष्ट, हरि लोप्चन, सीता ढकाल लगाएत दुई दर्जन नेताहरुले आ-आफ्नो धारणा राखेका थिए । बैठकले नेपालीको महान होलि पर्वको उपलक्षमा सबैमा शुभकामना प्रस्ताब पारित गरेको छ । बैठक हाइब्रिड माध्ययम द्वारा सम्पन्न गरिएको थियो।