कंचनपुरको , लालझाडी गाउँपालिका वडा न.३ को पर्सिया गाउँमा २०७९ बैशाख १७ गतेको हावाहुरी आएर घरमा नोक्सान र पीडित आमालाई गम्भीर चोटपटक लागेको छ ।
हावाहुरी आएर घरमा नोक्सान भएको र पिडित हिरा रानाको आमालाई स्वस्थ्य अवस्था सुधारको लागि लालझाडी गाउँपालिका नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार श्री कृष्ण राना , उपाध्यक्षकि उम्मेदवार राधा राना र लालझाडी गाउँपालिका वडा न. ३ का वडा अध्यक्षका उम्मेदवार रोहित रानाले आर्थिक सहयोग गरेका छन । हामी तपाईंको सङ्ग सङ्गै रहनेछौ तपाईंको पीडा हामिले बुझ्ने छौ भनेर बताएका छन ।