सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छन्। आइतबार बिहान सम्पन्न मतगणना अनुसार मेयरमा स्वतन्त्रका गोपाल हमाल निर्वाचित भएका छन्।
हमालले २६ हजार ८६५ मत ल्याउँदा गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले १४ हजार ८१७ मत ल्याएर पराजय बेहोर्नुपरेको छ। यस्तै तेस्रो स्थानमा एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत ल्याएका छन्।
हमाल २०७४ को स्थानीय निर्वाचनका कांग्रेसका वडसँगै पराजित भएका थिए।
यस्तै उपमेयरमा एमालेकी कन्दकला राना १५ हजार ४७९ निर्वाचित भएकी छन्। गठबन्धनबाट माओवादीकी उम्मेदवार शान्ति अधिकारीले १२ हजार ६७० मत प्राप्त गरेर पराजित भएकी छिन्। स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ६०९ मत प्राप्त गरेर तेस्रो भइन्।
धनगढीमा कुल ६३ हजार ७१५ मत खसेको थियो। धनगढीका १९ वडामध्ये कांग्रेसले ११ वडा, एमालेले ६ वडा र माओवादीले दुई वडा जितेको छ।