कंचनपुरको पुनर्वास नगरपालिकामा नेपाली काङ्ग्रेसबाट मेयर पदका उम्मेदवार तोया प्रसाद शर्मा र उपमेयरमा भुलिया रानाको जित निश्चित देखिएको छ ।
आईतबार पुनर्वास नगरपालिकामा २ हजार १ सय ४६ मत मात्रै गणना गर्न बाकी रहेपछि काङ्ग्रेसका मेयर पदका उम्मेदवार शर्मा र उपमेयर पदका उम्मेदवार रानाको जित निश्चित देखिएको हो ।
१८ हजार ६ सय १३ मत गणना हुँदा सम्म नेपाली काङ्ग्रेसका मेयर शर्माले ७ हजार ३ सय ८८ मत प्राप्त गरेका छन् । त्यस्तै शर्मालाई प्रतिद्वन्दी नेकपा एमालेका मेयर पदका उम्मेदवार पदम पुजाराले ४ हजार १९ मत प्राप्त गर्दै पछ्याउँदै आएका छन् । भने उपमेयरमा नेपाली काङ्ग्रेसकि भुलिया रानाले ५ हजार ५ सय ६३ मत ल्याएकी छिन । उनलाई नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार सुशीला खत्रीले ४ हजार २ सय ८८ मत ल्याउदै पछ्याएको देखिन्छ ।