कञ्चनपुरको लालझाडी गाउँपालिकाको वडा नं. ३ डुंगा मा दोस्रो गुरही विशेष सांस्कृतिक कार्यक्रम समपन्न भएको छ । आदीवासी थारु समुदायको पर्व गुरहीको अवसरमा विविध कार्यक्रम गर्दै कार्यक्रम गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. ३ अध्यक्षले गुरही पर्वको शुभकामना दिदै वडा कार्यलय हरेक समुदायको अभिभावक रहेको बताउनु भयो । उनले संस्बृति विना कसैको पनि पहिचान नरहने भएकाले सबैलाई आफ्नो संस्कति बचाउन आग्रह गरे ।
लक्ष्मी चौधरीको सभापतित्व भएको कार्यक्रम वडा नं. ३ को कार्यलयको आर्थिक सहयोगमा भएको थियो ।