आई एम ई लाईफ इन्स्योरेन्स कम्पनी लि. धनगढी शाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । देशमा बढीरहेको भाइरल ज्वरो , डेगु लगायतका रोगका बिरामीलाई चाहिने रगतको अभाव नहोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको थियो भनेर धनगढी शाखा प्रमुख प्रेम रानाले बताएका छन ।
इन्स्योरेन्सको पाचौं वार्षिकोत्सबको अबसरमा धनगढी शाखाका ३५ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी धनगढीको सहजीकरणमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।