९ आश्विन २०८०, मंगलवार
बि प्लस नेपाल

लालझाडी गाँउपालिकाद्वारा वाढीपीडितलाई राहत वितरण शुरु, प्रदेश र संघलाई राहतका लागि अपिल

खबर सम्बाददाता ३ आश्विन २०७९, सोमबार
लालझाडी गाँउपालिकाद्वारा वाढीपीडितलाई  राहत वितरण शुरु, प्रदेश र संघलाई राहतका लागि अपिल

कञ्चनपुरको लालझाडीमा दोदा नदीबाट पीडित भएका वाढीपीडितलाई लालझाडी गाँउपालिकाले राहत वितरण शुरु गरेको छ । सोमबारदेखि गाँउपालिकाले बाढी पीडितलाई वितरण गरेको हो । गाँउपालिकाले जनताकै घरदैलोमा पुगी राहत बाडेको छ । पालिका अध्यक्ष निर्मल राना आफै पीडित बस्तीमा पुगेर राहत वितरणमा खटिरहेक छन ।

नेकपा एमाले लालझाडीका युवा नेता अमर सिह रानाले वाढी प्रभावित क्षेत्रमा स्वयम गाँउपालिका अध्यक्ष राना लगायतको समूहले गएर पीडितलाई खाद्यन्न, लुगाकपडा, भाडाकुडा , बाल्टी जस्ता समाग्री वितरण गरिरहेको बताए ।

गाँउपालिका अध्यक्ष राना पडितका घरमै पुगि गाँउपालिकाबाट सबै पिडितलाई उचित राहत वितरण गरिने बताउँदै र्धर्यता गर्न आब्हान गरेका छन ।

पालिकामा सबै वडा ङुवानमा थिए । पालिका कार्यालय समेत डुवानमा रहेकाे थियाे । जनप्रतिनिधि समेत डुवानमा पर्दा राहत र उद्दारमा समस्या भएकाे थियाे । अधिकाँस बासिन्दा डुवान, कटान र पटानमा परेपछि पालिकाले अति प्रभाबित भएका पकाउने, खाने सामाग्रि क्षति भएका परिवारलाई २५ किलाे चामल, १ किलाे दाल, १ पाकेट नुन, र १ पाकेट तेल बितरण गरिरहेकाे पालिका प्रवक्ता आशाराम रानाले बताए ।


साेमबार सम्म वडा १ मा ४, दुईमा ३०, तिनमा ६०, छ मा ४ र पाँचमा २० परिवार लाई राहत बाडेकाे, वडा ४ मा बाड्न बाकि रहेकाे प्रवक्ता रानाले बताए ।

उनका अनुसार वडा १ मा एक सय अठ्तिस, २ मा दुई सय बाईस, तिनमा पाँच सय छयालिस, छ मा ४, ५ मा बीस परिवार  र वडा चारमा बिवरण आउन बाकि रहेकाे प्रवक्ताले बताए ।

पालिकामा अहिले पानी घटेकाे छ । ठुलाे मात्रामा घरहरु भित्रकाे नष्ट भएकाे, पालिकामा रहेकाे मानिस र, भेटनरि औषधि डुबेर नष्ट भएकाे, खेतमा रहेकाे खेति, बाटाघाटामा समेत ठुलाे मात्रामा क्षति भएकाे कारण संघ र प्रदेश सरकार संग तत्काल र पछिकाे लागि राहत उप्लब्ध गराउन अनुराेध रहेकाे प्रवक्ताले बताए ।

कंचनपुरमा शुक्रवार आएकाे बाढिले ब्यापक कटान, डुवान, पटान गरेकाे छ कतिपय मानिसहरु घरबार बिहिन समेत भएका छन । झाेलेुङ्गे पुल समेत भत्किनुका साथै सडकहरुमा समेत क्षति पुगेकाे छ । प्रभाबित क्षेत्रमा थप राेगहरुकाे संक्रमण समेत देखिन सक्ने अवस्था रहेकाे छ । 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin