कंचनपुर जिल्लाको पुनर्बास नगरपालिका वडा न ११ अमरबस्ती पिपल चौतारा मा भयानक मोटर साइकल दुर्घटना भएको छ ।
धनगढी बेलौरी हुलाकी राजमार्ग स्थित पिपलचौतारा मा असोज १९ गते राति १०: २४ बजे से ७ प ४७६५ नम्बर को यामाहा मोटर साइकल बिजुली को पोल संग ठक्कर लागि दुर्घटना भएको हो ।
-बिज्ञापन-
पुनर्वास नगरपालिका ९ बाट डोकेबजार जानेक्रममा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरका २३ वर्षीय गुड्डु राना र पछाडि सवार पुनर्वास १० का २२ वर्षीय विशाल रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका कार्यालय प्रमुख प्रहरी निरीक्षक नरेश राज मल्लले जानकारी दिएका छन ।