कंचनपुरको लालझाडी गाउँपालिका वडा नं २ स्थित कन्ज गाउँमा २०७९ मंसिर ९ गते अमर ज्योती युवा क्लबको आयोजनामा खुल्ला फुटबल प्रतियोगिता २०७९ सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना , विशिष्ट अतिथी लालझाडी गाउँपालिका उपाध्यक्ष सपना चौधरी राना, लालझाडी गाउँपालिका २ नं का वडा अध्यक्ष आशाराम राना र सहयोगी ,प्रायोजक ,समाजसेवी ,बुद्धिजीवी स्थानीयबासी , खेलाडीको उपस्थितिमा र अमरज्योती युवा क्लबका अध्यक्ष दिलिप कु. रानाको अध्यक्षतामा कार्यक्रम भएको छ ।
प्रतियोगिता २०७९ असोज २४ गतेदेखि मंसिर ९ गतेसम्म भएको थियो । सो प्रतियोगितामा ३५ वटा टिमको दर्ता भएको थियो ।
कार्यक्रममा सहयोगी र प्रायोजकहरुलाई सम्मान गरिएको थियो ।
प्रतियोगिताको फाइनलमा असोक समुदाय कन्ज र बेलौरी युनिभर्सल जिमको खेलमा असोक समुदाय कन्ज १ र बेलौरी युनिभर्सल जिम २ गोल गरेका थिए । असोक समुदाय कन्जलाई पराजित गरि बेलौरी युनिभर्सल जिमको बिजेता भएको छ ।
बेलौरी युनिभर्सल जिमले प्रथम पुरस्कार रु. २५००० ट्रफी , मेडल ,फुटबल सहित प्रमाणपत्र र असोक समुदाय कन्जले दृतिय पुरस्कार रु. १५००० ट्रफी ,मेडल सहित प्रमाणपत्र आयोजकले बताएका छन ।