२६ माघ २०७९, बिहीबार
बि प्लस नेपाल

धनगढीमा भोलि १६ गते निषेधाज्ञा जारी

खबर सम्बाददाता १५ मंसिर २०७९, बिहीबार
धनगढीमा भोलि १६ गते निषेधाज्ञा जारी

कैलालीको धनगढीमा ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि स्थिति नियन्त्रण गर्न प्रशासनले  निषेधाज्ञा लागु गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ ‘क’) बमोजिमको निषेधाज्ञा लागु गरेको बताए।

पिपल चौतारा दोबाटोमा सडक निर्माणको क्रममा ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि त्यहाँ लागातार प्रदर्शन भएकाले प्रशासनले अराजक गतिविधि नियन्त्रण गरी नागरिकको जनधनको सुरक्षा र सरकारी सम्पत्तिको संरक्षण गरी शान्ति सुव्यवस्था कायम गर्न निषेधाज्ञा लागु गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । 
 

पूर्वमा धनगढीको पुष्पलाल चोक, पश्चिममा रातोपुल, उत्तरमा सामुदायिक प्रहरी सेवा केन्द्रको भवन दक्षिणमा धनगढीका १ र २ स्थित हुलाकी राजमार्गमा क्षेत्रभित्र निषेधाज्ञा लागु भएको छ । मंसिर १५ गते बेलुका ७ बजेदेखि अर्को आदेश नआउन्जेलसम्म सो निषेधाज्ञा लागु हुने प्रशासनले जनाएको छ ।धनगढी ५ पञ्चोदय मावि सनपुरको कक्षा ८ मा अध्यनरत धनगढी ५ तारानगरकी चेतना साउदलाई ग्रेडरले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

No photo description available.
सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin