ग्रेडरका चालक बिरुद्ध किटानी जाहेरी दता भएपछि धनगढीमा ग्रेडरको ठक्करबाट ज्यान गुमाएकी १५ वर्षीया चेतना साउदको शव परिवारले बुझेको छ ।
बालिकालाई ठक्कर दिने कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरका चालकका विरूद्व जल्ला प्रहरी कार्यालय कैलालीमा किटानी जाहेरी दर्ता गरेपछि पीडित परिवारले शव बुझेका हुन् । ग्रेडरका चालक भरतपुर महानगरपालिका २८ का २७ वर्षीय बिकल कुमाल हुन् ।
किटानी जाहेरी दर्ता भएपछि परिवारले शव बुझेको प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए ।
किटानी जाहेरीपछि प्रहरीले शुक्रवार नै जिल्ला अदालत कैलालीबाट ४ दिनको म्याद थप गराएको छ । यसका सँगै स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा शनिबार बिहान ४ बजेपछि हट्ने भएको छ।
बैतडीको डिलासैनी गाउँपालिका ६ की बालिका साउदलाई बिहीबार बिहान विद्यालय जाने बेला धनगढी उपमहानगरपालिका ५ मा ग्रेडरले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।